Logo

२०८३, श्रावण २७गते


images
images

कोरोना संकट

कोरोना त्रास बढ्दो, काठमाडौँमा सार्वजनिक स्थलमा कार्यक्रम गर्न प्रतिबन्ध

कोरोना त्रास बढ्दो, काठमाडौँमा सार्वजनिक स्थलमा कार्यक्रम गर्न प्रतिबन्ध

images
  • सेतोमसी सहकर्मी
  • कोरोना त्रास बढ्दो, काठमाडौँमा सार्वजनिक स्थलमा कार्यक्रम गर्न प्रतिबन्ध
    images
    images

    चैत्र २३, काठमाडौं । कोभिड १९ को नयाँ भेरियन्ट फैलिने आशंकामा काठमाडौं उपत्यकामा सार्वजनिक स्थलमा कार्यक्रम गर्न प्रतिबन्ध लगाएको छ । कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले सार्वजनिक स्थलमा गरिने कार्यक्रमलाई स्थगित गर्न निर्देशन दिएको हो ।

    images
    images
    images

    डीसीसीएमसीको सोमबार बसेको बैठकले जिल्ला प्रवेश गर्ने नाकाहरुमा स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न आवश्यक हेल्थ डेस्कको व्यवस्था गर्न पनि मातहतका नगरपालिकालाई निर्देशन दिएको छ । एन्टीजेनमा पोजेटिभ देखिएकालाई पीसीआर परीक्षणका लागि स्वाब पठाउन पनि निर्देशन दिइएको छ । 

    images
    images
    images

    सबै महानगरपालिका तथा नगरपालिकामा संचालित आइसोलेसन र क्वारेन्टिन सेन्टरलाई अद्यावधिक राख्न पनि बैठकले निर्देशन दिएको छ ।

    images
    images
    images

    यस्तै नगरपालिकाभित्र एक-एक वटा आइसोलेसन र क्वारेन्टिनको संचालन तथा व्यवस्थापन गर्नपनि भनिएको छ । स्वास्थ्य मापदण्ड पालना नगर्ने निकाय हरु लाई दण्ड एवं जरिवाना गर्ने निर्णय पनि बैठकले गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।