Logo

२०८३, आश्विन ९गते


images
images

हिसान फुटसल कास्की जिल्ला छनौटमा सेमिफाइनल समिकरण पुरा

हिसान फुटसल कास्की जिल्ला छनौटमा सेमिफाइनल समिकरण पुरा

images
  • सेतोमसी सहकर्मी
  • हिसान फुटसल कास्की जिल्ला छनौटमा सेमिफाइनल समिकरण पुरा
    images
    images

    राजेश पराजुली, पोखरा । हिसान गण्डकीको आयोजनामा पोखरामा प्रथम हिसान फुटसल प्रतियोगिताको कास्की छनौट प्रतियोगितामा सेमिफाइनल समिकरण पुरा भएको छ । सेमिफाइनलमा करुणनीधि एजुकेसन फाउन्डेसन, सगरमाथा मावि, कास्की मोडनाइ र जेसिए प्रबेश गरेका छन् । 

    images
    images
    images

    केफले सगरमाथालाई पेनाल्टि सुट आउटमा हराउदै सेमिफाइनलमा प्रबेश गरेको हो । निधारीत २० मिनेटको समयमा एक एक गोल भएपछि खेल पेनाल्टि सुटआउटमा पुगेको थियो । त्यसै गरी सगरमाथा ए ले लिटिल स्टेपलाई ५–३ गोल अन्तरले, माउन्ट अन्नपुर्णले कास्की मोडनाइजलाई ५–२ र जेसिएले सृजना सेकेन्डरी स्कुललाई ३–२ गोलले हराउदै सेमिफाइनलमा प्रबेश गरेका हुन् ।

    images
    images
    images

    शनिबार भएको पहिलो खेलमा सगरमाथा विले बालोदयलाई ६–२, लिटिल स्टेपले प्रतिभा माविलाई १–०, केफले स्पाइरल ग्यालेक्सिलाई ३–१, सगरमाथाले सिशुनिकेतनलाई ४–१ ले, माउन्ट अन्नपुर्णले डाइमण्ड स्कुललाई २–१ ले, जेसिएले प्रगती बोडिङ स्कुललाई २–१, कास्की मोडनाइजले रेम्बो एकेडेमीलाई ३–१ ले र सृजनाले ग्लोबल कलेजियटलाई ट्राइबेकरमा हराउदै क्वाटरफाइनलमा प्रबेश गरेका थिए ।

    images
    images
    images

    आइतबार सम्म सञ्चालन हुने प्रतियोगितामा २९ टिमको सहभागीता रहेको थियो । प्रतियोगितामा हिसान गण्डकीको सदस्य विद्यालयमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाएका छन् । कास्की जिल्लाबाट ८ टिम छनौट भै प्रदेशस्तरीय प्रतियोगितामा सहभागीता जनाउने छन् । जिल्ला स्तरीय प्रतियोगिताको विजेता र उपविजेता टिम र उत्कृष्ट खेलाडीले मेडल, प्रमाणपत्र र ट्रफि प्राप्त गर्ने छन् ।

    कास्कीबाट ८ र अन्य जिल्लाबाट ८ गरी १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक सन्तोष पराजुलीले जानकारी दिए । फागुन पहिलो साता प्रदेशस्तरीय प्रतियोगिता हुने उनले बताए । प्रतियोगिताको विजेताले नगद १ लाख, मेडल, ट्रफि र उपविजेताले नगद ५० हजार, मेडल र ट्रफि प्राप्त गर्ने छन् । पोखरा ४ गैरापाटनमा रहेको वि– फिट फुटसलमा छनौट प्रतियोगिता चलेको छ ।
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # हिसान फुटसल कास्की
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।