Logo

२०८३, आश्विन २१गते


images
images

२०८० सालको लागि १५ वटा पात्रोलाई छाप्न स्वीकृति                    

२०८० सालको लागि १५ वटा पात्रोलाई छाप्न स्वीकृति                    

images
  • २०८० सालको लागि १५ वटा पात्रोलाई छाप्न स्वीकृति                    
    images
    images

    काठमाडौं । विसं २०८० सालका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले १५ वटा पात्रो पञ्चाङ्गलाई स्वीकृति दिने निर्णय गरेको छ ।

    images
    images
    images

    आगामी वर्षका लागि तोयनाथ पन्त, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि, खप्तड तारानाथ र गौरीशङ्कर गरी १५ पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरिएको समितिका सदस्य सचिवसमेत रहनुभएका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

    images
    images
    images

    यस वर्षदेखि समितिले प्रकाशन सुरु गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ लाई पनि निरन्तरता दिइने भएको छ । समितिबाट स्वीकृति पाएका पात्रो यही माघ १५ गतेपछि बजारमा आउने छन् ।

    images
    images
    images

    विसं २०७६ सम्म पुस अन्तिम साता नै पात्रो (पञ्चाङ्ग)प्रकाशन भइसक्थ्यो । विसं २०७७ देखि भने कोरोना महामारीका कारण पञ्चाङ्गकार जम्मा भएर रुजु गर्ने काममा समस्या आएकाले काममा ढिलाइ भएर प्रकाशन ढिला हुन थालेको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।