Logo

२०८३, श्रावण ३०गते


images
images

घनश्याम भूसाललाई महासचिव बनाउने एकीकृत समाजवादीको तयारी

घनश्याम भूसाललाई महासचिव बनाउने एकीकृत समाजवादीको तयारी

images
  • घनश्याम भूसाललाई महासचिव बनाउने एकीकृत समाजवादीको तयारी
    images
    images

     काठमाडौं । नेकपा एकीकृत समाजवादीले घनश्याम भूसाललाई महासचिव बनाउने तयारी गरेको छ ।

    images
    images
    images

    एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार, हालका महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाएर भूसाललाई महासचिव बनाउने तयारी भएको हो ।

    images
    images
    images

    गत २९ पुसमा भूसालले एकीकृत समाजवादी प्रवेशको घोषणा गरेका थिए । भूसालले तत्कालै एकीकृत समाजवादीले सचिवालय सदस्यमा मनोनीत गरेको थियो ।

    images
    images
    images

    अहिले सचिवालय सदस्यकै भूमिकामा रहेका भूसाललाई महासचिव बनाउनेगरी एकीकृत समाजवादीले केन्द्रीय कमिटी बैठक बोलाएको छ । २१-२२ माघमा बोलाइएको बैठकबाट भूसाललाई महासचिव चयनको निर्णय गर्ने तयारी भएको छ ।

    २०७१ को नवौं महाधिवेशनबाट भूसाल नेकपा एमालेका उपमहासचिव निर्वाचित भएका थिए । तर गत वर्ष मंसिरमा सम्पन्न एमालेको दशौं महाधिवेशनमा भूसाल उपाध्यक्षमा पराजित भए ।

    एमालेले भूसाललाई स्थायी कमिटी सदस्य चयन गरेको थियो । तर गत २३ असोजमा भूसालले एमाले परित्याग गरी रुपन्देही-१ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए । चुनाव जित्न भने सकेनन् ।

    एकीकृत समाजवादीले नेता वामदेव गौतमलाई पनि पार्टीमा भित्र्याउने प्रयास गरेको छ ।

    गौतमले यसबारे एकीकृत समावादीका अध्यक्ष माधवकुमार नेपाल लगायतसँग औपचारिक-अनौपचारिक संवाद गरिरहेका छन् ।

    गौतमले केही सैद्धान्तिक विषयमा आफ्नो व्याख्या गर्दै दस्तावेज एकीकृत समाजवादीलाई बुझाएका छन् ।

    आफू एमाले नजाने र आफ्ना कुरा सम्बोधन भए एकीकृत समाजवादीमै आउने बचन गौतमले दिएको एक नेताले जानकारी दिए ।

    गौतम पार्टीमा आए उनलाई वरिष्ठ उपाध्यक्ष पद दिने तयारी एकीकृत समाजवादीको छ । गौतम तत्कालीन नेपाल कम्युनिष्ट पार्टीमा पनि वरिष्ठ उपाध्यक्ष थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # घनश्याम भूसाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।