Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह महोत्सव-२०७९

देवदह महोत्सव आयोजक समितिद्वारा महिला र स्वयंसेविकासंग छलफल

देवदह महोत्सव आयोजक समितिद्वारा महिला र स्वयंसेविकासंग छलफल

images
  • देवदह महोत्सव आयोजक समितिद्वारा महिला र स्वयंसेविकासंग छलफल
    images
    images

     देवदह । सातौं देवदह औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव-२०७९ मूल आयोजक समितिले देवदहमा क्रियाशील महिला संघ/संगठन, आमा समूह र स्वयमसेविकासंग छलफल गरेको छ। मेला आयोजक संस्था उद्योग व्यापार संघ देवदहले महोत्सवको तयारीबारे जानकारी दिनुका साथै आवश्यक सुझाव संकलन गर्ने क्रममा शुक्रबार मेलास्थल देवदह मण्डपमा छलफल सम्पन्न गरेको हो ।

    images
    images
    images

    दुईवटै उपसमितिको छलफलमा बोल्दै मूल आयोजक समितिका संयोजक मेघराज ढकालले महोत्सवलाई भव्य र व्यवस्थित बनाउन सबै तह र तप्कामा क्रियाशील संघसंस्था र समूहको सहयोग आवश्यक रहेको उल्लेख गर्दै  महोत्सवले लिएका लक्ष हासिल गर्न सबैको सहकार्यमा देवदहको गौरवको रुपमा मेला सफल बनाउनुपर्नेमा बताएका थिए । 

    images
    images
    images

    छलफलमा बोल्दै महिला नेतृहरू सरस्वती पोखरेल, मिना श्रेष्ठ, गीता न्यौपाने, रिता बस्याल, निर्मला जिसी, रेनुका परियार लगायतले महोत्सव सफलताको शुभकामनासंगै आवश्यक सुझाव दिएका थिए। 

    images
    images
    images
    327307825_5899746473438902_9135426071936932343_n.jpg

    छलफलसंगै महिला समन्वय उपसमिति र स्वयम्मसेविका समन्वय उपसमितिले पूर्णता पाएको छ।  जसअनुसार लक्ष्मी सिग्देल संयोजक रहेको २१ सदस्यीय महिला समन्वय उपसमिति र देवी ढकालको संयोजकमा ९७ सदस्यीय स्वयसेविका समन्वय  उपसमिति गठन गरिएको छ। 

    महिला नेतृ प्रेमकला ढकालको सन्चालन रहेको छलफलमा उद्योग व्यापार संघ देवदहका निवर्तमान अध्यक्ष गणेश खाती प्रेस समन्वय उपसमिति संयोजक विष्णु पोखरेल लगायतको उपस्थिति रहेको थियो। 

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।