Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधिसभा निर्वाचन

देशको अर्थतन्त्र सुधार्न महिलालाई स्वरोजगार बनाउनुपर्छ : उम्मेदवार खत्री

देशको अर्थतन्त्र सुधार्न महिलालाई स्वरोजगार बनाउनुपर्छ : उम्मेदवार खत्री

images
  • देशको अर्थतन्त्र सुधार्न महिलालाई स्वरोजगार बनाउनुपर्छ : उम्मेदवार खत्री
    images
    images

    देवदह । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं १ का उम्मेदवार हिराबहादुर खत्रीले महिलालाई स्वरोजगार बनाउन सके देशको अर्थतन्त्र सुधार हुने बताएका छन् । त्यसको लागि महिलाहरुलाई घरमै बसेर कमाउन सक्ने वातावरण बनाउने योजना ल्याउन आवश्यक रहेको उनले बताए । 

    images
    images
    images

    अझै पनि ग्रामिण क्षेत्रका महिलाहरु घरको कामकाजमै समय बिताउने गरेको उल्लेख गर्दै उनले महिलाहरुलाई उद्यमसँग जोड्नुपर्ने धारणा राखे । थोरै भएपनि घरमै बसेर आत्मनिर्भर हुने योजना आँफुसँगर रहेको उम्मेदवार खत्रीले बताए । 

    images
    images
    images

    रुपन्देही क्षेत्र नं. १ अन्तर्गत दक्षिणी भेगका पालिकाहरुमा सोमबार घरदैलोसँगै सुझाव संकलन तथा संवाद गरेका उम्मेद्वार खत्रीले महिलालाई आत्मनिर्भर र आर्थिक उपार्जनमा जोडेर जाउनुपर्ने धारणा राखे । ‘महिलालाई सीपसँग जोडेर उनीहरुलाई घरमै बसेर पनि आत्मनिर्भर बनाउनु अहिलेको आवश्यकता हो ।’ उम्मेद्वार खत्रीले भने, ‘सानो-सानो सीप र इलम सिकाएर आफ्नो खुट्टामा आफै उभिन सक्ने बनाउनु अहिलेको आवश्यकता हो ।’ 

    images
    images
    images

    समृद्ध नेपाली र मुलुकको विकासकालागि पनि पहिले महिलाको जीवनस्तर उकास्न जरुरी रहेको बताएका खत्रीले महिला सशक्तिकण र आत्मनिर्भरताको पक्षमा आफुले सदनमा बहस गर्ने विश्वास ब्यक्त गरे । क्षेत्र नं. १ का देवदह, तिलोत्तमा, रोहिणी र ओमसतियाका विभिन्न वडामा दैनिक घरदैलो गरिरहेका खत्रीले मतदातासँगको आवश्यकता, सुझाव र जिज्ञासा संकलन गरेको निर्वाचन परिचालन समिति संयोजक हरि काफ्लेले जानकारी दिए । 

    घरदैलो कार्यक्रममा सुशासन, विकास निर्माण, कृषिको आधुनिकिकरण, युवालाई रोजगार लगायतका विषयहरुलाई आम मतदाताले उम्मेदवार खत्री समक्ष राखेको संयोजक काफ्लेले बताए ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।