तिलोत्तमा । रुपन्देही १ मा नेपाली कांग्रेसका उम्मेदवार हिराबहादुर खत्रीले अपाङ्गता भएका ब्यक्तिहरुको अधिकार स्थापित गराउन आफुले योजनावद्ध तरिकाले काम गर्ने बताएका छन् ।
मुलुकमा ठुलो संख्यामा रहेका अपाङ्गता भएका ब्यक्तिहरुको अधिकारलाई सहि तरिकाले सम्बोधन गर्न नसक्दा उनीहरुमा निराशा बढेको बताए । अपांगता भएकाहरुको अधिकारकालागि आफुले योजनावद्ध तरिकाले काम गर्ने उनको भनाई छ ।
रुपन्देही-१ को देवदह नगरपालिका वडा नम्बर-५ र ६ का विभिन्न स्थानमा घरदैलो तथा सुझाव संकलनका क्रममा उनले अपाङ्गता भएकाहरुका विषयमा ठुला कुरा गरेतापनि उनीहरुको सहजताकालागि अपाङ्गतामैत्री संरचना नहुँदा धेरैनै सास्ती खेप्नु परेको उख्खेल गरे । उनले मुलुकका सबै तह र स्थानमा अपाङ्गता भएकाहरुको पनि समान हक, अधिकार हुने उल्लेख गर्दै उनीहरुको समावेशिता र अधिकारकालागि सदनमा बहसको विषय बनाउने समेत प्रतिवद्धता जनाए ।
मुलुकमा बनेका सडक, बाटोघाटो, स्कुल, अस्पताल, शौचालय, सरकारी तथा निजी सामाजिक कार्यालयहरुका अपाङ्गतामैत्री हुन नसक्दा सेवा लिन पुगेका असक्त, असहाय र अपाङ्गता भएकाहरुले सास्ती भोग्नुपरेको गुनासो गर्दै उनले अपाङ्गमैत्री संरचना र वातावरण निर्माणको विषयलाई प्राथमिकताका साथ उठाउने बताए ।
उम्मेदवार खत्रीले आफ्नो क्षेत्रमा अपाङ्गता भएका, अशक्त, असहाय सबैकालागि समान सहभागिताको अधिकार स्थापित गराउन नीतिगत रुपमै काम गर्ने बताएका छन् । देवदह नगरपालिकाका विभिन्न क्षेत्रमा भएको घरदैलो कार्यक्रममा कांग्रेसका जिल्ला सचिव हरिप्रसाद काफ्ले, सहसचिव बासुदेव रिमाल, नगरसभापति गुनाखर भुर्तेल, पूर्व क्षेत्रीय सभापति विश्वनाथ यादव, क्षेत्रीय सचिव विजय गुरुङ, महासमिति सदस्य सरिता चौधरीलगायतको सहभागिता थियो । उनीहरुले बदलिएको कांग्रेसले देश पनि बदल्ने बताउँदै यो पटक बदलिएको कांग्रेसलाई मतदान गर्न आग्रह गरेको प्रचारप्रसार समिति सदस्य राजेन्द्र न्यौपानेले जानकारी दिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology