Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधिसभा निर्वाचन

ढल निकास, डुवान, नदी कटानका समस्यालाई सम्बोधन गर्नुछ : उम्मेदवार खत्री

ढल निकास, डुवान, नदी कटानका समस्यालाई सम्बोधन गर्नुछ : उम्मेदवार खत्री

images
  • ढल निकास, डुवान, नदी कटानका समस्यालाई सम्बोधन गर्नुछ : उम्मेदवार खत्री
    images
    images

    देवदह । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-१ का उम्मेदवार हिराबहादुर खत्रीले ढल निकास, डुवान र नदी कटानका समस्यालाई सम्बोधन गर्न आफ्नो प्रयास रहने बताएका छन् । रुपन्देही-१ को दक्षिणी क्षेत्रमा डुवान र नदीकटानको समस्या वर्षेनी हुने गरेको उल्लेख गर्दै उनले त्यसको उचित ब्यवस्थापन गर्न आवश्यक रहेको बताए । 

    images
    images
    images

    चुनावी प्रचारप्रसारको क्रममा देवदह नगरपालिका वडा नम्बर-१ र २ को घरदैलोकार्यक्रममा मतदाताहरुले उनलाई दक्षिणी क्षेत्रमा रोहिणी नदिको कटान तथा ढल निकास नहुँदा वर्षात्को समयमा डुवानको समस्या हुने गरेको गुनासो गरे । सो क्रममा उनीहरुले ढलको राम्रो ब्यवस्थापन नहुँदा बस्तिमा हुने डुवान र नदी कटानका कारण खेतियोग्य जमिन समेत ह«ास हुँदै गएको बताए । 

    images
    images
    images

    मतदाताको गुनासोप्रति संकलन गर्दै उम्मेदवार खत्रीले कटानको जोखिम रहेका क्षेत्रमा तटवन्धको ब्यवस्था गर्ने बताए । उनले आफु चुनिएर गएपछि भविष्यमा संसद विकास कोषबाट भएपनि उचित बजेटको ब्यवस्थापन गरेर नदि कटानको समस्यालाई दिर्घकालिन रुपमा समाधान गर्ने प्रतिवद्धता जनाए । 

    images
    images
    images

    केहिदिन यता घरदैलो र जनभेटघाटमै ब्यस्त रहेका खत्रीले प्रत्यक्ष जीवनसँग सरोकार राख्ने र दैनिक जीवनसँग जोडिएका विषयहरुलाई मतदाताले उठाँउदै आएको र मुलुकमा सुशासन र विकासको लागि नागरिक आतुर रहेको बताए । ‘मुलुकमा सुशासन र पारदर्शीलाई जोड दिदै दीगो विकास लक्ष्यलाई पुरा गर्ने गरि काम गर्न मतदाताले सुझाउनुभएको छ ।’ उनले भने, ‘भ्रष्टाचार र सुशासनसँगै कृषि, पर्यटन र रोजगारीका कुराहरुलाई पनि प्राथमिकता साथ उठाउनु पर्ने आम नागरिकको सुझाव रहेकाले ति विषयलाई मैले सदनमा गम्भिरताका साथ उठाउने प्रतिवद्धता व्यक्त गरेको छु ।’ 

    उम्मेदवार खत्रीले मतदाताबाट उठेका प्रश्न र विषयहरुलाई संकलन गरिरहेको र भविष्यमा सरकारको ध्यानाकर्षण गराउने गरि मतदातालाई आश्वस्त पार्ने गरेको कांग्रेस क्षेत्रीय सचिव तथा प्रचारप्रचार संयोजक विजय गुरुङले जानकारी दिएका छन् ।
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।