काठमाडौं । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ । उम्मेद्वारी मनोनयनका क्रममा लामिछानेले चितवनको निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेको पुरानो नागरिकताको अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेकाले उनको उम्मेदवारी र निर्वाचित गर्ने निर्णय खारेज गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानले चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
सांसद पद संगै लामिछाने पुन नेपाली नागरिकता नलिएको भन्दै उनको उपप्रधान तथा गृहमन्त्री पद समेत खारेज भएको छ। त्यसै गरि अदालतको फैसला अनुसार रवी लामिछाने पार्टी सभापति समेत हुन् अयोग्य रहेको भन्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति पद समेत रिक्त हुन गएको बताएका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology