रामचन्द्र तिम्सिना, नुवाकोट । नुवाकोटमा नुवाकोटमा ६२ देखि ६४ उमेर समुहको लागि कोभिड-१९ खोप दिइने भएको छ । जेठ २६ र २७ गते सबै स्थानीय तहका वार्डहरुमा खोप दिइन लागिएको हो ।
केन्द्र सरकारको परिपत्र अनुसार स्थानीय तहमा उपलब्ध ४२ सय थान खोप नुवाकोटका सबै १२ स्थानीय तहका वडा स्वास्थ चौकि मार्फत जनसंख्याका आधारमा समानुपातिक तरिकाले दिइने भएको छ ।
जसमा लिखु, शिवपुरी, सुर्यगढी ,किस्पाङ र पञ्चकन्यामा २६ गते र ककनी ,म्यागङ, दुप्चेश्वर, तादी, बेलकोटगढी, बिदुर र लिखुमा २७ गते दिईने भएको छ। 
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology