काठमाडौ । रवि लामिछाने फेरि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापति चयन भएका छन् । आइतबार पार्टी कार्यालयमा बसेको रास्वपाको केन्द्रीय समिति बैठकले लामिछानेलाई सभापतिको जिम्मेवारी दिएको हो ।
यसअघि सर्वोच्च अदालतले गत शुक्रबार अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पाउने प्रक्रिया नगरेको कारण लामिछानेको सांसद पद खारेज गरेको थियो। सांसद पद खारेज भए सङ्गै उपप्रधान तथा गृहमन्त्री, संसदिय दलको नेता र रास्वपाको सभापतिबाट पनि बाहिरिएका थिए ।
तर, आइतबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकता फेरि प्राप्त गरेसँगै उनी फेरि रास्वपको सभापति बनेका हुन्।
उता लामिछानेले नेपाली नागरिकता पुनर्प्राप्ति गरेसँगै पुरानो नेपाली राहदानी पनि फिर्ता गरेका छन्।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता पुनर्प्राप्ति गरेसँगै रविले त्रिपुरेश्वरस्थित राहदानी विभाग पुगेर पुरानो राहदानी फिर्ता गरेका हुन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology