Logo

२०८३, श्रावण २७गते


images
images

कोरोना संकट

एस्ट्राजेनेको भ्याक्सिन शंकास्पद, लगाएकालाइ दिमागमा रगत जम्ने समस्या देखियो

एस्ट्राजेनेको भ्याक्सिन शंकास्पद, लगाएकालाइ दिमागमा रगत जम्ने समस्या देखियो

images
  • सेतोमसी सहकर्मी
  • एस्ट्राजेनेको भ्याक्सिन शंकास्पद, लगाएकालाइ दिमागमा रगत जम्ने समस्या देखियो
    images
    images

    एजेन्सी, काठमाडौं । अक्सफोर्ड–एस्ट्राजेनेका निर्मित कोरोना भ्याक्सिन लगाएकाहरूको दिमागमा असामान्य ढंगले रगत जमेको पाइएको छ । भ्याक्सिन लगाएका कयौं मानिसहरूमा सेरिब्रल वीनस साइनस थ्राम्बोसिस (सीवीएसटी) अर्थात मस्तिष्कको बाहिरी सतहस्थित ड्यूरामिटरको पत्रबीच रहेको शिरामा रगत जम्ने समस्या देखिएको हो । 

    images
    images
    images

    यस्तो समस्या देखिएपछि जर्मनी, फ्रान्स र क्यानडाले एस्ट्राजेनेका निर्मित कोरोना भ्याक्सिन प्रयोगमा सीमित प्रतिबन्ध नै लगाइदिएका छन्। 

    images
    images
    images

    अमेरिकाको जोन होप्किन्स मेडिसिनमा कार्यरत विज्ञहरूले सीवीएसटीका कारण रक्त कोशिका फुट्ने, त्यसपछि मस्तिष्कको कोशिकाहरूबाटै रगत चुहिनसक्ने र मस्तिष्कघात हुने खतरा बढ्ने बताएका छन्।

    images
    images
    images

    तर, यो खोप प्रयोग निम्ति स्वीकृति दिएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र यूरोपेली मेडिसिन एजेन्सीले भने भ्याक्सिनबाट हुने जोखिमभन्दा फाइदा धेरै रहेको तर्क गरेको छ। 

    अहिले विश्वभरका वैज्ञानिक र औषधि सुरक्षा नियामकहरूले भ्याक्सिनकै कारण ब्रेन स्ट्रोक भएको हो या होइन भनी पत्ता लगाउन खोजिरहेका छन् । कोरोना विरुद्धको खोप अभियान सञ्चालन गर्नसमेत अप्ठ्यारो परेपछि एस्ट्राजेनेकाले तयार गरेको खोपबाट हुने खतराबारे सुक्ष्म अध्ययन हुँदै गरेको हो।

    यूरोपेली मेडिसिन एजेन्सीले नै अहिलेसम्म एस्ट्राजेनेकाको खोपका कारण मस्तिष्कमै असर गरेको साबित नभएपनि यस्तो हुन सम्भव रहेको प्रतिक्रिया दिएको छ।
    नियामक एजेन्सीहरूले मस्तिष्कमा खोपकै कारण रगतको थेक्ला जमेको हो या संयोगमात्रै हो भन्ने पत्ता लगाउन खोजिरहेको बीबीसीमा उल्लेख छ।

    तर, भ्याक्सिन लगाएपछि निकै दुर्लभ समस्या निम्तिएकाले पत्ता लगाउन सकसपूर्ण रहेको बताइएको छ। 

    यो समस्याबारे केही प्रख्यात वैज्ञानिकसँग कुराकानी गरेको बीबीसीले जनाएको छ। यीमध्ये केही वैज्ञानिकले यस्तो सम्भावना नहुने दाबी गरेका र केहीले भने यस्तो हुनसक्ने बताएको समाचारमा उल्लेख छ। 

    खोप लगाएकाहरूको मस्तिष्कमा देखिएको रगतको थेक्ला निकै अचम्मलाग्दो रहेकाले खोपमै गडबढी रहेको हुनसक्ने उनीहरूले बताएका छन्।

    रगतमा प्लेटलेट्सको संख्या घट्न थालेपछि यस्तो थेक्ला जम्ने गरेको छ। प्लेटलेट्सहरू यस्तै थेक्लामा अधिक संख्यामा रहनेगर्दछ। शरिरमा एन्टीबडी पनि यही समयमा देखिने गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।