Logo

२०८३, आश्विन १७गते


images
images

सामजिक सञ्जाल ह्याक गरि ठगी गर्ने पोखराका -१९ लामाचौरका आशिष पक्राउ

सामजिक सञ्जाल ह्याक गरि ठगी गर्ने पोखराका -१९ लामाचौरका आशिष पक्राउ

images
  • सामजिक सञ्जाल ह्याक गरि ठगी गर्ने पोखराका -१९ लामाचौरका आशिष पक्राउ
    फाइल फोटो
    images
    images

    राजेश  पराजुली, पोखरा । अमेरिकामा बस्ने नेपालीको सामजिक सञ्जाल ह्याक गरि ठगी गर्ने पोखराका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा पोखरा-१९ लामाचौर स्थायी घर भएका २३ वर्षीय आशिष परियार रहेका छन् ।

    images
    images
    images

    साइबर ब्युरोका अनुसार परियारले प्रोफाइल ह्याक गरि त्यहाँ भएका आफन्त तथा साथीसँग सहयोग मागेर विभिन्न डिजिटल वालेटमा रकम पठाउन लगाउने गरेका थिए । त्यसैक्रममा एक जना साथीलाई केही रकम आवश्यक परेको भनेर मेसेज आएको र ५० हजार पठाइदिएपछि थप बुझ्ने क्रममा पैसा पठाइदिने साथीको एकाउन्ट ह्याक भएको थाहा पाएका थिए ।

    images
    images
    images

    त्यसपछि पीडितले साइबर व्युरोमा उजुरी गरेपछि अनुसन्धानबाट परियारको कर्तुत खुलेको थियो । परियारले प्राविधिक सबुत, प्रमाण र ह्युमन इन्टेलिजेन्सका आधारमा प्रोफाइल ह्याक गरेको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरि काठमाडौँ जिल्ला अदालतबाट साइबर अपराधसम्बन्ध ठगी अपराधअन्तर्गतको कसुरमा दुई दिन म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।