Logo

२०८३, आश्विन १०गते


images
images

सरकारबारे समीक्षा गर्दै जनमत

सरकारबारे समीक्षा गर्दै जनमत

images
  • सरकारबारे समीक्षा गर्दै जनमत
    images
    images

    काठमाडौँ । जनमत पार्टीले सरकारको कामकाजको समीक्षा र अगामी कार्ययोजनाको विषयमा छलफल सुरु गरेको छ । शनिवारदेखि सुरु भएको कार्यकारिणी समितिको बैठकमा यस विषयमा छलफल सुरु भएको हो । 

    images
    images
    images

    जनमत पार्टी संघ तथा मधेस प्रदेशमा सहभागी भएको छ । केन्द्रीय सरकारमा पार्टी पुस ११ गते सहभागी भएको हो भने मधेस प्रदेशको सरकारमा जनमत पार्टी माघ १० गते सहभागी भएको थियो । पार्टीले केन्द्रमा खानेपानी मन्त्रालय सम्हालेको छ भने मधेस प्रदेशमा एक राज्यमन्त्रीसहित भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्रालय गरी दुई वटा मन्त्रालय पाएको छ ।

    images
    images
    images

    सरकारमा सहभागी भएपछि काम कारबाही र त्यसमा जनताको प्रतिक्रिया कस्तो रह्यो साथै, सरकारमा रहेर अगामी दिनमा कसरी काम गर्ने विषयमा पनि छलफल भइरहेको सो पार्टीमा सचिव एवं मधेस प्रदेशका भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री सञ्जय यादवले बताए । उनले भने, ‘मुख्य रूपमा संगठन विस्तारलगायतका विषयमा छलफल सुरु भएको हो । त्यसमा सरकारको कामकाज र उसको समीक्षालगायतको विषयमा पनि छलफल भइरहेको छ ।’ 

    images
    images
    images

    जनमत पार्टीले थप एउटा मन्त्रालय सरकारसँग माग गरिरहेको छ । सुरुमा भौतिक पूर्वाधार मन्त्रालय दिने सहमति भएको थियो तर पछि खानेपानी मन्त्रालय दिएको कारण जनमत असन्तुष्ट भएर केही दिन मन्त्रालय नै सम्हालेन । त्यसपछि प्रधानमन्त्री प्रचण्डले थप एउटा मन्त्रालय दिने प्रतिबद्धता जनाएपछि जनमतले सो मन्त्रालय सम्हालेको थियो । राष्ट्रपतिको चुनावपछि मन्त्रालयको विषयमा सरकारसँग छलफल गर्ने जनमतले जनाएको छ । त्यसको बारेमा कार्यकारिणी समितिको बैठकले एउटा धारणा बनाउने बताइएको छ । 

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जनमत पार्टी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।