काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टी आन्दोलन समितिले नवलपरासीमा चक्काजाम गरेकाे छ । चक्काजाममा चोक चोकमा प्रहरी परिचालित छन् । परासी क्षेत्रमा जनमतका कार्यकर्ताले टायर बालेपछि सयौं गाडी अलपत्र परेका छन् ।
सिरहामा गहुंको बीउ लुटेको भन्दै चार जना किसानमाथि मुद्दा दर्ता गराएको र एक जनालाई प्रहरीले पक्राउ गरेपछि जनमत पार्टी आन्दोलित बनेको छ । पार्टीले आज अनिश्चित कालकाे लागि मधेशमा रहेकाे २२ जिल्लामा चक्काजाम गरिने जनमत पार्टीका केन्द्रीय सदस्य बि जि चाैधरीले जानकारी दिनुभयाे ।
जनमत पार्टी नवलपरासीकि कार्यबाहक अध्यक्ष शारदा चाैधरीकाे हस्ताक्षर रहेकाे विभिन्न माग राख्दै प्रेस बिज्ञप्ति नै जारी गरिएकाे छ जस अन्तर्गत किसान माथि लगाइएकाे मुद्दा फिर्ता गर ,किसान काे बालि नालीका समयमा पानी ,मल खाद बिउबिजन उपलब्ध गर ,उचितलमुल्य निर्धारण ,प्राकृति समस्याबाट क्षतिहुने बालिकाे राहत देउ ,स्थानिय निकायमा भईरहेकाे भ्रष्टाचारकाे छानबिन गरि कारवाही गर्नु पर्ने लगायतकाे माग राख्दै जनमत पार्टी आन्दाेलित बनेकाे बताईएकाे छ ।
चक्काजामलाई यातायात उद्योग कलकारखाना व्यापार ब्यवसाय बन्द गरि सहयाेग गरिदिन समेत विज्ञप्ती मार्फत अपिल गरिएकाे छ । अन्यथा चक्काजामलाई बेवास्ता गरे त्यसबाट हुने क्षति सरकार र अटेरि गर्ने स्वयंले नै बेहाेर्नुपर्ने समेत चेतावनी दिएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology