Logo

२०८३, श्रावण ३०गते


images
images

लुम्बिनीका सभामुखद्धारा प्रथम सहिद लखन थापाप्रति श्रद्धासुमन

लुम्बिनीका सभामुखद्धारा प्रथम सहिद लखन थापाप्रति श्रद्धासुमन

images
  • लुम्बिनीका सभामुखद्धारा प्रथम सहिद लखन थापाप्रति श्रद्धासुमन
    images
    images

    बुटवल । जहांनिया राणा शासनको विरुद्धमा विद्रोह गरेका नेपालका प्रथम सहिद क्याप्टेन लखन थापाको १४६ औ स्मृती दिवसमा लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले श्रद्धासुमन अर्पण गरेका छन् । प्रथम सहिदप्रति श्रद्धासुमन  अर्पण गर्दै सभामुख घर्तीमगरले अधिकार प्राप्तीको लागी भएको जनयुद्ध, जनआन्दोलन तथा संघर्ष र क्रान्तिका सबै सहिदहरुलाई सम्झेका छन् ।

    images
    images
    images

    थापा मगरलाई तत्कालीन राणा शासकले वि सं १९३३ मा गोरखा जिल्लाको मनकामना मन्दिर परिसरको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो । उनको जन्म वि.सं.१८९१ (ई.सं १८३४) मा हालको गोरखा जिल्ला, बुङकोट–४ को काहुले भङ्गार (भञ्ज्याङ) मा भएको हो । थापाले सहादत प्राप्त गरेको दिन फागुन २ गते प्रत्येक वर्ष स्मृती दिवस मनाउदै आईएको छ । सभामुख घर्ती मगरले मंगलवार जारी सन्देशमा सरकारले प्रथम सहिद घोषणा गरेको सन्दर्भमा यो कुनै समुदाय वर्गको भन्दा पनि सबैको साझा दिवस भएको उल्लेख गरेका छन् ।

    images
    images
    images

    "तत्कालिन जंगबहादुर राणाको जनविरोधी शासन अन्त्य गरी नेपालमा सुनौलो युग प्रारम्भ गर्ने संकल्प गर्नु भएको उहांको विद्रोह समाजमा व्याप्त विभेद, अन्याय, अत्याचार, शोषण, दमन समाप्त गर्नु लक्षित थियो । ‘ निरंकुशता र स्वेच्छाचारिता कही कतै टिक्दैन र त्यो एकदिन समाप्त भएर जान्छ भन्ने सन्देश पनि उहांले नेतृत्व गरेको विद्रोहले दिन्छ’"जारी सन्देशमा उल्लेख छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।