गजल
हरेक माेडमा भेटिन्छन् जमाना अनुसारकाे मान्छे
पाइदैन अहिले सितिमिति राम्राे,बिचारकाे मान्छे
बा! जघन्य अपराध गरेर पनि कसरी छुटे तिनि ?
चुप लाग, बाबु बाेल्नु हुन्न ती हुन सरकारकाे मान्छे
भद्र भएकाे शालिन भएकाे सायद कलम समाएर
सुनेकाे हुँ मैले पहिले त उ थियाे रे तरवारकाे मान्छे
जलस्राेतकाे धनि देश भन्दै फाेटाे खिच्छ बिदेशीले
गएर अखबारमा लेख्छ प्यासी किन?ईनारकाे मान्छे
राख्ने ले क-कसलाइ खाेई? कहाँ कहाँँ राखे कुन्नि
मनमा, घरमा बसे हाेलान, आफु त संघारकाे मान्छे
- दिपा वाग्ले, सुनसरी झुम्का
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology