पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका -२ बगहामा अवस्थित रानी झरनामा गरिएको सौन्दर्यकरण कार्यको उद्घाटन गरिएको छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले शनिवार एक कार्यक्रमबीच उद्घाटन गर्दै रानी झरनालाई पाल्पाको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।

ढावखोला सामुदायिक बन उपभोक्ता समुहले रानी झरनाको सौन्दर्यकरण गरेको छ। झरना परिसरमा प्रवेश द्वार, रेलिङ, शिब मन्दिर, सेल्फिजोन, पुल, भ्यू पोइन्ट, शौचालय लगायतका संरचना निर्माण गरिएको सदस्य भुवन जिसिले जानकारी दिए । झरनाको संरक्षणमा वडा कार्यालय, जिल्ला बन कार्यालय, उपभोक्ता समुहको लगानी गरेको छ ।
साथै समुहले होम स्टे, पौडी पुल, बगैंचा निर्माण गर्न योजना समेत बनाएको छ ।
सौन्दर्यकरणकोलागि ४४ लाख १४ लाख निर्माण खर्च भएको छ ।
झरनाको उचाई ८२ फिट रहेको छ । झरनासंगै रहेको ताल १ रोपनी क्षेत्रफलमा रहेको छ भने २० फुट गहिराइ रहेको छ । ढावखोला बन क्षेत्रमा रहेको यो झरनाले १०.५ रोपनी जग्गा चर्चेको छ ।
तिनाउ गाउँपालिका -२ का पुर्व वडा अध्यक्ष राजेश श्रेष्ठ पुर्बाधार विकास गरि झरनाको विकास गरिएको बताए । उनले झरना पाल्पा जिल्ला कै ठुलो झरना रहेका बताए । कार्यक्रममा बोल्दै नेकपा एमालेका नेता बहादुर गुरुङले झरनाले पर्यटनमा टेवा पुराएको बताए । बन समन्वय समितिका अध्यक्ष पदम लाल शाक्यले पर्यापर्यटनको प्रर्वधन गरे स्थानीयको जिबिकोपार्जनमा सहयोग पुग्ने बताए ।
५ बर्ष अघि देखी पर्वधन सुरु गरिएको यो रानी झरनामा दैनिक ४/५ सय जना सम्म आन्तरिक पर्यटन घुम्न आउने गरेको झरना व्यवस्थापन समिति अध्यक्ष कुम्भ कला खड्का क्षेत्रीले जानकारी दिइन। ।
रानी झरनाको ऎतिहासिक महत्त्व बोकेको छ । भुरे टाकुरे राजाको पालामा यो झरनामा रानी नुहाउन आउने गरेको र सुनको औंठि माछाले खादा माछा नै सुनौलो भएको किम्बदन्ति छ ।
उद्घाटन कार्यक्रममा तिनाउ गाउँपालिका अध्यक्ष प्रेम श्रेष्ठ गापा अध्यक्ष , जिल्ला बन कार्यालयका निमित्त प्रमुख राम ध्यान कुमार शाह , सामुदायिक बन समन्वय समितिक सचीव दिनेश जिसि, उपभोक्ता समुहका सदस्य रितु श्रेष्ठ, रानी झरना संरक्षण समितिका टंक लाल गिरि लगायतले बोलेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology