Logo

२०८३, आश्विन ९गते


images
images

पोखरा अन्तर्राष्ट्रिय उडान गर्न तयार छ, कुनै प्रकारको भ्रम नफैलाऔँ:  प्रमुख आचार्य

पोखरा अन्तर्राष्ट्रिय उडान गर्न तयार छ, कुनै प्रकारको भ्रम नफैलाऔँ:  प्रमुख आचार्य

images
  • पोखरा अन्तर्राष्ट्रिय उडान गर्न तयार छ, कुनै प्रकारको भ्रम नफैलाऔँ:  प्रमुख आचार्य
    images
    images

    राजेश  पराजुली, पोखरा ।  पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि संघ  सरकारको ध्यानाकर्षण गराउन जरुरी रहेको बताए  छन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन हवाई सेवा सञ्चालन लगायत समग्र पोखराको पर्यटनका विषयमा आयोजित पत्रकार अन्तरक्रियामा प्रमुख आचार्यले यस्तो बताए 

    images
    images
    images

    “समग्रमा पोखरा सबै हिसाबले तयार छ, त्यस कारण केन्द्र सरकारलाई पनि पोखरामा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नका लागि सकारात्मक दबाब सृजना गर्नु पर्‍यो, प्रमुख आचार्यले  यस विषयमा सरकारको ध्यानाकर्षण गराउनु पर्‍यो, यसमा मिडियाको पनि तागत हुन्छ ।” प्रमुख आचार्यले आन्तरिक उडानमा कुनै समस्या नभएको भन्दै अन्तर्राष्ट्रिय उडानमा पनि कुनै प्रकारको शङ्का गर्नु पर्ने अवस्था नरहेको बताए । समग्र पोखराको पर्यटन प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्र एकसाथ अगाडी बढ्नु पर्नेमा उनले जोड दिए । 

    images
    images
    images

    पोखरा सबै हिसाबले सुरक्षित रहेको जनाउँदै प्रमुख आचार्यले कुनै घट्नालाई जोडेर सधैँ गलत र असुरक्षित भनेर प्रचार गरिरहनु आवश्यक नरहेको बताए । नेपालको हवाई क्षेत्रमा कयौँ दुखद दुर्घट्नाहरु भएको स्मरण गर्दै उनले कुनै पनि विषयलाई अनावश्यक रूपमा उठाइरहनु उचित नहुने उल्लेख गरे । स्थानीय सरकारका नाताले पोखराको समग्र पर्यटन विकासको विषयमा चिन्तन गर्नु आफ्नो प्रमुख दायित्व हुने उनले बताए। 

    images
    images
    images

    पोखराको पर्यटनलाई चलायमान बनाउने विषय आम सरोकारको विषय भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले बताए । “पोखरालाई कसरी चलायमान बनाउने, कसरी सुरक्षित बनाउने भन्ने कुरा यहाँहरूको पनि जिम्मेवारीको कुरा हो, प्रमुख गौतमले उड्डयन क्षेत्रको प्रभाव केवल एक ठाउँमा मात्र केन्द्रित हुँदैन, यसले समग्र क्षेत्रमा प्रत्यक्ष असर पार्दछ ।” पोखराको आकाश सुरक्षित रहेको बताउँदै उनले कुनै प्रकारको शङ्का नपाल्न आग्रह समेत गरे  । संसार भरिका विमानस्थलहरूमा चराहरूको आवागमन भइरहने भन्दै उनले पोखरामा पनि त्यो हुनु सामान्य विषय भएको टिप्पणी गरे । 

    पोखरा महानगरपालिका सल्लाहकार परिषद्का संयोजक आनन्दराज मुल्मीले नेपालको आकाश सुरक्षित छैन भनेर बारम्बार गलत प्रचार भइरहेको भन्दै यसको संयुक्त प्रयास मार्फत प्रतिवाद आवश्यक रहेको बताए । “नेपालको आकाश असुरक्षित होइन, तर विभिन्न बाहानाबाजीमा पोखराको आकाश समेत असुरक्षित भन्ने गरिएको छ, मुल्मीले, हामी यसलाई चुपचाप सह्यौ भने पोखराको एयरपोर्ट चल्न दिँदैनन्, त्यसैले पोखराको एयरपोर्ट चलाउनका लागि संयुक्त प्रयासको जरुरी छ ।” 

    नेपाल उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष समेत रहनुभएका मुल्मीले नेपालका लागि थप हवाई मार्ग दिनका लागि छिमेकी मुलुकले गरेको कन्जुस्याइँ पनि अनौठो भएको टिप्पणी गरे । नेपाल जस्तो सानो मुलुकका लागि हवाई रुट उपलब्ध गराउने विषयमा समेत आनाकानी गर्नुको कारणका बारेमा समेत गहन छलफल आवश्यक रहेको उनले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।