प्रिन्स मिश्रा, कपिलवस्तु । जिल्लाकाे शिवराज साझेदारी बन व्यवस्थापन समितिले यस बर्ष डेढ लाख बिरुवा वितरण गर्ने लक्ष्य राखेकाे छ । जिल्लाकाे ४ साझेदारी बन व्यवस्थापन समिति मध्ये शिवराज साझेदारी बन व्यवस्थापन समितिले आर्थिक बर्ष ०७७/०७८ मा लगभग एक लाख बीस हजार टिक (सागवन) र तीस हजार मसलाका बिरुवा उपभाेक्तालाई उपलब्ध गराउने लक्ष राखेको हो । 
कर्मचारी र संचारकर्मीसंगकाे अन्तर्क्रियामा
साझेदारीका अध्यक्ष जगदम्बा प्रसाद चाैधरीले भारतीय सिमासंग सटेकाे याे साझेदारीमार्फत बन पैदावार बढाउने र जंगलकाे दायरा फराकिलाे बनाइ उपभोक्ताकाे बनमा पहुंच गर्ने मेराे लक्ष्य रहेकाे बताए ।
शिवराज साझेदारी बन व्यवस्थापन समिति जिल्लाकै नयाँ समिति भएतापनि बन क्षेत्रफल बढाउन र निजि बन व्यवस्थापनमा सफल भएकाे सहायक वनअधिकृत प्रेमशंकर गुप्ताले जानकारी दिए । थाेरै समयमा करिब १२ हजार क्विब फिट काठ संकलन गरेको बताउँदै उनले काठ बिक्रीवितरण खुला गरिएकाे समाचार आएकाे छ तर अधिकारिक जानकारी नआएकाले काठ वितरण गर्न नसकेकाे बताए ।
शिवराज साझेदारीले नर्सरी व्याड बनाई प्रत्येक बर्ष नि:शुल्क बिरुवा उपलब्ध गराउदै आएकाे छ भने यसबर्ष पनि असार ७ गतेदेखि वितरण गरिने जनाएकाे छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology