Logo

२०८३, श्रावण ३०गते


images
images

ओली 'सुपर प्रधानमन्त्री' बन्न खोजेकाले माओवादी-एमाले गठबन्धन टिकेन: नेता पौडेल

ओली 'सुपर प्रधानमन्त्री' बन्न खोजेकाले माओवादी-एमाले गठबन्धन टिकेन: नेता पौडेल

images
  • सेतोमसी सहकर्मी
  • ओली 'सुपर प्रधानमन्त्री' बन्न खोजेकाले माओवादी-एमाले गठबन्धन टिकेन: नेता पौडेल
    images
    images

    नवलपरासी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले केपी ओली 'सुपर प्रधानमन्त्री' बन्न खोजेकाले माओवादी-एमाले गठबन्धन नटिकेको बताएका छन्। नेपाल प्रेस युनियन पश्चिम नवलपरासीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले कांग्रेसले समेत कतिपय समयमा रणनीतिक योजनामा त्रुटि गरे पनि त्यसलाई सच्याएर अगाडि बढ्ने र संकटमा जाँदै गरेको अर्थतन्त्रलाई सम्हाल्न राष्ट्रिय सहमति आवश्यकता रहेको बताए। 

    images
    images
    images

    "आठ दलीय गठबन्धनबीच मन्त्रालय बाँडफाँडमा सहमति भएको छ ।" उनले भने -"केही दिनमा नै महत्त्वपूर्ण मन्त्रालय सहित हाम्रो पार्टी सरकारमा जाँदैछ। अन्य दल पनि सहभागी हुनेछन् ।" उनले थपे, "अवको केहि दिनमा नै नेपाली काङ्ग्रेस सरकारमा सहभागी हुनेछ  र राष्ट्रपति निर्वाचनपछि मात्रै सरकारले पूर्णता पाउनेछ।" 

    images
    images
    images

    सरकारले जनतालाई बिश्वासमा लिएर काम गर्नुपर्ने बताउदै उनले काङ्ग्रेस सरकारमा जाने र मन्त्री बन्नेभन्दा पनि जनतालाई बिश्वासमा लिएर जनमैत्री काम गर्ने कुरालाई महत्व दिने धारणा व्यक्त गरे।
     
    पत्रकार सम्मेलनमा नेपाली काङ्ग्रेस गण्डकी प्रदेशका महामन्त्री बिष्णु लामिछाने, पत्रकार पुरुषोत्तम सुवेदीलगायतको उपस्थित रहेको थियो।

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।