Logo

२०८३, आश्विन १७गते


images
images

यात्रुबाट तोकिएभन्दा बढी भाडा लिने पाँच जना पक्राउ

यात्रुबाट तोकिएभन्दा बढी भाडा लिने पाँच जना पक्राउ

images
  • यात्रुबाट तोकिएभन्दा बढी भाडा लिने पाँच जना पक्राउ
    प्रतीकात्मक तस्बिर
    images
    images

    काठमाडौँ । निर्धारित भन्दा बढी भाडा यात्रुबाट असुल्ने ५ जनालाई शनिबार बिहान काठमाडौँको बल्खुबाट ट्राफिक प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images


    पक्राउ पर्नेमा सुविधा काउन्टरका कामदार काभ्रेपलान्चोकको रोशी गाउँपालिका ६ का २४ वर्षीय दुर्गा तामाङ, कीर्तिपुर बस्ने मकवानपुरको इन्द्र सरोवर गाउँपालिका १ का २६ वर्षीय सुजन हुमागाईं, शिखरापुर काउन्टरका कामदार काठमाडौँको चन्द्रागिरि नगरपालिका ९ का ३६ वर्षीय सुनिल नगरकोटी, गढीमाई सुमो सेवाबाट सञ्चालित सुमोका चालक बाराको सिम्रौनगढ नगरपालिका ८ का २४ वर्षीय ओजिर अन्सारी र लालीगुराँस काउन्टरबाट सञ्चालित सुमोका चालक रौतहटको चन्द्रपुर ४ का २४ वर्षीय कृष्ण बहादुर योञ्जन रहेका छन् ।

    images
    images
    images

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा रहेको पीडित सहायता इकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरीले आज बिहानै बल्खु क्षेत्रमा अनुगमन गर्दा तोकिएको भन्दा बढी भाडा असुल गरेको पाएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

    images
    images
    images

    चाडपर्व (होली)को अवसर पारेर काठमाडौँबाट बाहिरी जिल्ला जाने यात्रुहरूसँग चालक तथा काउन्टरबाट निर्धारित भन्दा बढी भाडा लिने गरेको जनगुनासो आए पश्चात् यस कार्यालयबाट सादा पोसाकमा समेत जनशक्ति परिचालित हुँदै आएको छ ।

    निर्धारण गरिएको भन्दा बढी असुल गरेको भाडा यात्रुलाई फिर्ता गरिएको र नियन्त्रणमा आएका पाँचै जनालाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त कालीमाटीमा बुझाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पक्राउ
  • # बढी भाडा लिने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।