अनिष पन्थी
३१ जेठ, गुल्मी । नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको चेनब्रेकको लागि भन्दै गुल्मीमा निषेधाज्ञा असार ७ गतेसम्म लम्ब्याइएको छ ।
जिल्ला कोभिड १९ संकट ब्यबस्थापन केन्द्र
(डिसिसिएमसि)को बैठकले असार ७ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
यस अघि थप गरिएको निषेधाज्ञाको समय भने आज राति १२ बजे सकिदैछ । थप गरिएको निषेधाज्ञालाई कडाइका साथ लागु गरिने जिल्ला प्रशासन कार्यालय गुल्मीले जनाएको छ ।
निषेधाज्ञाको समय अबधिभर बिहान ७ बजेदेखी ११ बजेसम्म खाद्यन्न, फलफुल, तरकारी, माछामासु, पशुपन्छीका दाना, निर्माण सामग्री, पेट्रोलियम पदार्थ, दुध, पानी, ग्यास तथा पुस्तक पसलहरु ११ बजेसम्म संचालन गर्न पाउने छन् ।
यस्तै बैङक वित्तिय संस्था, सहकारी, वीमा कम्पनीहरु पनि बिहान ७ बजेदेखी ११ बजेसम्म संचालन हुनेछन् ।
जिल्लामा अत्यावश्यक सेवा बाहेक अन्य सबै सेवाहरु बन्द रहनेछन् । निषेधाज्ञाको कसैले अबज्ञा गरे संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अन्तर्गत कारवाही गरिने प्रशासनले बताएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology