देवदह । देवदह नगरपालिका वडा नंबर ५ मा नेकपा एमाले पुनर्गठन भएको छ। पार्टीको मिसन ग्रासरूट अभियान अन्तरगत पार्टीको वडा कमिटि पुनर्गठन गरिएको हो।
शनिबार सम्पन्न बिशेष भेलाले शाखा कमिटी अध्यक्षमा गणेश डुम्रेलाई कायम राख्दै उपाध्यक्षमा चक्रपाणि न्यौपाने, सचीवमा अर्जुन गुरुङ, उपसचिवमा गीता शर्मा र शान्ति रोका तथा सदस्यहरुमा चोकलाल डुम्रे, अम्बिका लामिछाने, सरला अर्याल, कमल गौतम, पुरन लुइँटेल, गणेश घिमिरे र अनिता कुवर लगायतलाई शाखा कमिटीमा थप गरि सर्वसम्म्त वडा कमिटीमा चयन भएको छ।
भेलामा नेकपा एमाले केन्द्रिय अनुशासन आयोग सदस्य कृष्ण प्रसाद न्यौपाने, लुम्बिनी प्रदेश सचीवालय सदस्य जानकी न्यौपाने, प्रदेश कमिटी सदस्यहरु बिद्यालक्ष्मी गुरुङ, गोबिन्द ज्ञवाली, जिल्ला सचीव यज्ञ प्रसाद गैरे, जिल्ला कमिटी सदस्य एब नगर इन्चार्ज यम राना, जिल्ला कमिटी सदस्यहरु सीता थापा आचार्य, मेघदेव पन्त प्रदेश कमिटी सल्लाहकारहरु, जिल्ला बिभाग सदस्यहरु, नगर कमिटी अध्यक्ष हिरा थापा नगर सचिवालय सदस्य, नगरकमिटी सदस्यहरु पार्टी सदस्यहरु सहितको उपस्थितिमा रहेको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology