Logo

२०८३, आश्विन ९गते


images
images

अनेरास्ववियु र क्रान्तिकारीकाे गठबन्धनविरुद्ध गुल्मीको रेसुङ्गा क्याम्पसमा नेविसंघकाे प्यानल विजयी

अनेरास्ववियु र क्रान्तिकारीकाे गठबन्धनविरुद्ध गुल्मीको रेसुङ्गा क्याम्पसमा नेविसंघकाे प्यानल विजयी

images
  • अनेरास्ववियु र क्रान्तिकारीकाे गठबन्धनविरुद्ध गुल्मीको रेसुङ्गा क्याम्पसमा नेविसंघकाे प्यानल विजयी
    images
    images

    गुल्मी । गुल्मी जिल्लाकाे सदरमुकाम तम्घासमा रहेको रेसुङ्गा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अनेरास्ववियु र क्रान्तिकारीकाे गठबन्धनविरुद्ध नेविसंघको प्यानल नै विजयी भएको छ । 

    images
    images
    images

     सभापतिमा नेविसंघका पुनाराम घिमिरे निर्वाचित भएका छन्  ।
    सोमबार राति सम्पन्न मतगणनाको परिणम अनुसार घिमिरेले ३९५ मत ल्याएर विजयी भएको रेसुङ्गा बहुमुखी क्याम्पसका स्ववियु निर्वाचन अधिकृत यमबहादुर क्षेत्रीले बताए ।

    images
    images
    images

    सभापतिका प्रतिस्पर्धी अनेरास्ववियुका नवीन अर्यालले २६८ मत ल्याएर पराजित भएका छन् ।

    images
    images
    images


    सचिवमा नेविसंघकै सुदीप खत्रीले ३८७ मत ल्याएर निर्वाचित भएका छन् । कोषाध्यक्षमा पनि नेविसंघका यमुना सेनले ३८५ मत ल्याएर निर्वाचित भइन् ।

    खुल्ला ५ सदस्यमा नेविसंघकै उम्मेदवार निर्वाचित भएका छन् ।
    क्याम्पसमा रहेका ७६१ जना विद्यार्थीमध्ये ६७१ जनाले मतदान गरेका थिए । रेसुङ्गा क्याम्पसमा ८८ प्रतिशत मतदान भएको थियो ।

    क्याम्पसमा अनेरास्ववियु र अनेरास्ववियु -क्रान्तिकारी) बीच तालमेल भएको थियो । नेविसंघ एक्लै चुनावी प्रतिस्पर्धामा गरेको थियो ।

    ०७३ सालमा सम्पन्न स्ववियु निर्वाचनमा अनेरास्ववियुले सभापतिसहित जितेको थियो । तर, यसपटक गठबन्धन गर्दा पनि अनेरास्ववियु पराजित भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रेसुङ्गा क्याम्पस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।