Logo

२०८३, श्रावण ३०गते


images
images

मनाङ मर्स्याङ्दी तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

मनाङ मर्स्याङ्दी तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

images
  • मनाङ मर्स्याङ्दी तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा
    images
    images

    बुटवल । मनाङ मर्स्याङ्दी क्लब रुपन्देहीमा जारी तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश भएको छ ।

    images
    images
    images

    बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा मंगलबार भएको खेलमा नेपाल पुलिस क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब अन्तिम चारमा स्थान बनाउन सफल भएको हो ।

    images
    images
    images

    सुरुवातीदेखि दबाबमा रहेको नेपाल पुलिसले एक गोल फर्काए पनि जितको लागि भने पर्याप्त हुन सकेन ।  

    images
    images
    images

    खेलमा मनाङ मर्स्याङ्दीका लागि प्रशन्न श्रेष्ठले खेलको ३२ औ मिनेटमा र चेतन कुमार थारुले पहिलो हापको एक्स्ट्रा टाइममा एक एक गोल गरेका थिए । 

    नेपाल पुलिस क्लबका बुद्ध बल तामाङले एक गोल फर्काएका थिए। 

    दुई विभागीयसहित ८ टिम सहभागी प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्न आयोजकले जनाएको छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।