Logo

२०८३, श्रावण ३०गते


images
images

इजरायली बायुसेनाद्वारा गाजामा हवाई आक्रमण

इजरायली बायुसेनाद्वारा गाजामा हवाई आक्रमण

images
  • इजरायली बायुसेनाद्वारा गाजामा हवाई आक्रमण
    images
    images

    २ असार एजेन्सी । इजरायली बायुसेनाले बुधबार बिहानै प्यालेस्टिनीको बसोबास रहेको गाजापट्टीमा धेरैवटा हवाई आक्रमण गरेको छ।
    गत महिना गाजापट्टीमा सक्रिय हमास समूहसँग युद्धबिराम गरेपछि पहिलो पटक इजरायली सेनाले आक्रमण गरेको हो।

    images
    images
    images

    इजरायलको नयाँ सरकारको लागि यो पहिलो परीक्षा हो, मंगलबार पूर्वी जेरुसेलममा मार्च पछि यहूदी राष्ट्रवादीहरूले गाजामा सत्तारुढ आतंकवादी समूह हमासले कारबाहीको धम्की दिएका थिए ।

    images
    images
    images

    इजरायली सेनाले हमास लडाकू समूहका ठेगानाहरुलाई लक्षित गरिएको जनाएको छ।
    हमास लडाकूहरुले इजरायली भूमिमा आक्रमण गर्ने योजना बनाइरहेको सूचनाका आधारमा हवाई हमला गरिएको पनि सेनाको भनाई छ।
    इजरायली सेनाले भनेको छ कि उसको विमानहरूले गाजा शहर र दक्षिणी शहर खान युनिसमा हमास सशस्त्र कम्पाउन्डमा आक्रमण गरे र "गाजाबाट जारी आतंकवादी गतिविधिहरूको सामना गर्दै नयाँ युद्ध गर्ने लगायत सबै परिदृश्यका लागि तयार छ"। इजरायली आक्रमणबाट कुनै जनधनको क्षतिका बारेमा विवरण प्राप्त भइसकेको छैन।

    images
    images
    images

    मङ्गलबार सयौं इजरायली अतिराष्ट्रवादीहरुले पूर्वी जेरुसेलममा अरब र प्यालेस्टिनी विरुद्ध चर्का नाराबाजी सहित प्रदर्शन गरेका थिए। यस प्रदर्शनले पुनः हिंसात्मक शृङ्खला शुरु हुने खतरा निम्त्याएको छ।

    प्रतिक्रिया स्वरुप, गाजास्थित प्यालेस्टिनीहरुले इजरायलको दक्षिणी भेगमा बिस्फोटक पदार्थ भरिएका बेलुनहरु गाजाबाट उडाएका थिए।
    यी बेलुन बिस्फोटबाट करिब दश ठाउँमा आगो लागेको इजरायली सेनाको भनाई छ।

    उता हमासका प्रवक्ताले इजरायली आक्रमणको पुष्टि गर्दै प्यालेस्टाइनले जेरुसेलममा आफ्नो बहादुरी प्रतिरोध र आफ्नो अधिकार र पवित्र स्थलहरूको रक्षा जारी राख्न भनेका छन । हमासले उक्त प्रदर्शनको प्रतिरोध गर्न प्यालेस्टिनी समुदायसँग अपिल गरेको छ । पूर्वी जेरुसेलमकै विवादलाई लिएर गत महिना ११ दिने युद्ध भएको थियो ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इजरायल
  • # गाजा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।