Logo

२०८३, आश्विन ९गते


images
images

फेवाताल किनारका पुराना डुंगा हटाईंदै

फेवाताल किनारका पुराना डुंगा हटाईंदै

images
  • सेतोमसी सहकर्मी
  • फेवाताल किनारका पुराना डुंगा हटाईंदै
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा  फेवाताल किनारका पुराना डुंगा हटाइने भएको छ । ताल किनारमा अव्यवस्थित रुपमा राखिएका पुराना र प्रयोगविहीन डुंगाले तालको सुन्दरता घटाएको तथा ताल पुरिने जोखिम बढाएको जनगुनासो बढेपछि यसको व्यवस्थापन प्रक्रिया सुरु गरिएको हो ।

    images
    images
    images

    फेवा डुंगा व्यवसायी संगठनको पहलमा ताल किनार र तालभित्र डुबेका डुंगालाई डुंगाधनी र चालकको पहलमा निकालेर व्यवस्थापन गर्ने कार्य सुरु गरिएको संगठनका अध्यक्ष बलराम गिरीले जानकारी दिए । उनले भने, “जनगुनासो पनि आएको थियो, फेरी तालको सुन्दरता जोगाउनु र संरक्षण गर्नु हाम्रो पनि दायित्व हो, हामीले वैशाखभित्र यो समस्यालाई समाधान गर्ने गरी कार्य थालेका छौं, अब समस्या समाधान हुन्छ ।”

    images
    images
    images

    उनले फेवाताल धेरैको रोजीरोटीसँग जोडिएको र प्रमुख पर्यटकीयस्थल भएकाले पनि तालको सौन्दर्यमा ध्यान दिन आवश्यक रहेको बताए । उनका अनुसार अहिले पुराना डुंगा व्यवस्थापनका लागि दैनिक १०÷१२ जना डुंगा चालक र डुंगाधनीको सक्रियता रहेको छ । हालसम्म १५ डुंगा ताल भित्रबाट बाहिर निकाल्ने कार्य भएको छ ।

    images
    images
    images

    उनले तालमा प्लास्टिकका बोतल, चाउचाउका खोल लगायतका सामग्री नफाल्न र त्यसको व्यवस्थापनका लागि पनि काम भएको जानकारी दिए । योसँगै ताल पारी रानीवनको फेदमा विभिन्न फलफूलसहित अन्य बोटबिरुवा लगाएर ताल संरक्षण र सुन्दरतामा संगठनले काम गरेको पनि उनको भनाइ छ ।

    स्थानीय डुंगा चालक एवम् संगठनका पूर्वअध्यक्ष बुद्धिबहादुर नेपालीका अनुसार फेवातालमा सात सय ६७ डुंगा सञ्चालित छन् ।पोखरा महानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले फेवाताल किनारमा देखिएका पुराना डुंगा व्यवस्थापनका लागि सम्बन्धित व्यवसायीबाट व्यवस्थापन सुरु भएको जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # फेवाताल
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।