Logo

२०८३, आश्विन ९गते


images
images

स्वास्थ्य संस्था जादैनन क्षयरोगी, गतवर्ष मात्रै गण्डकीमा ९२ जनाको मृत्यु

स्वास्थ्य संस्था जादैनन क्षयरोगी, गतवर्ष मात्रै गण्डकीमा ९२ जनाको मृत्यु

images
  • स्वास्थ्य संस्था जादैनन क्षयरोगी, गतवर्ष मात्रै गण्डकीमा ९२ जनाको मृत्यु
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा गण्डकी प्रदेशमा यो वर्ष १ हजार २५६ जना क्षयरोगका बिरामीले स्वास्थ्य संस्थामा गएर उपचार सेवा लिएका छन् । साउनयता ४६५ महिला र ७९१ पुरुषले क्षयरोगको उपचार गराएका हुन् ।

    images
    images
    images

    कास्कीमा गण्डकीकै सबैभन्दा धेरै ३०६ जना बिरामी फेला परेका छन् । सबैभन्दा कम मनाङका ३ र मुस्ताङका ४ जना बिरामीले उपचार सेवा लिएको क्षयरोग उपचार केन्द्र पोखराले जानकारी दिएको छ । गत आर्थिक वर्ष गण्डकीमा २ हजार ४४७ क्षयरोगका बिरामी फेला परेका थिए । जसमध्ये ९२ जनाको मृत्यु भयो । गण्डकीमा गएको वर्ष ५ हजार ६७७ जना बिरामीलाई उपचार सेवामा ल्याउने लक्ष्य थियो । ४३.०७ प्रतिशत मात्र लक्ष्य हासिल भएको छ । क्षयरोगीको संख्या बढी भएपनि स्वास्थ्य संस्थामा आउन आनकानी गर्ने प्रदेश क्षयरोग कार्यक्रम संयोजक राजेशकुमार यादवले बताए ।

    images
    images
    images

    क्षयरोग एक सरुवा रोग हो । जुन माइकोव्याक्टेरियम ट्युवरकुलोसिसे सुक्ष्म किटाणुबाट लाग्छ । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासको माध्यमबाट सर्छ । एक जना क्षयरोगीले वर्षदिनमा १५ जनालाई सार्ने चिकित्सहरु बताउँछन् ।

    images
    images
    images

    क्षयरोगको उपचारका लागि गण्डकीमा ७४९ डट्स केन्द्र छ । बहुऔषधी प्रतिरोध बिरामीको संख्या बढ्नु क्षयरोग न्युनीकरणका लागि चुनौति बनेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।