गुल्मी । रुरुक्षेत्र गाउँपालिका वडा न १ निवासी कृष्ण अन्जानलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शहिद परिवारकाे रुपमा अभिनन्दन गरेका छन । साेमबार सदरमुकाम तम्घासमा नेकपा एमालेले गरेकाे मिसन ग्रासरुट अभियान अन्तरगत पार्टीको प्रशिक्षणका क्रंममा गुल्मी आएका एमाले नेता ओलीले जनयुद्धमा मारिएका रुरुक्षेत्र १ च्यूरेकका भाेजराज ज्ञवालीका छाेरा कृष्ण अन्जान ज्ञवालीलाई शहिद परिवारकाे रुपमा सम्मान गरेका हुन ।
कृष्ण अन्जानले २०६० कार्तिक ९ गते नवलपरासीकाे सुनवलमा तत्कालिन बिद्रोही माओवादी र नेपाली सेनाको भिडन्तमा माओवादी जनसेनाले चलाएको गाेली लागेर आफ्नो बुवाको मृत्यु भएको बताउदै आएका छन्। "लामाे समय भारतमा जागिरे जिन्दगी बिताएर नेपाल फर्केका बुवाले सुनवल प्रहरी चौकि अगाडि सानाे व्यापार गर्दै आउनुभएको थियो" उनले भने, "नितान्त सर्वसाधारण, निहत्था र निरीह उहाँलाई माओवादीले चलाएकाे गाेलि छातिमा लागेकाे थियाे ।"
आफ्नो बुवा एमाले कार्यकर्ता समेत रहेको उल्लेख अञ्जानले घटनाकाे १९ वर्षपछि एमालेले शहिद परिवारकाे रुपमा अभिनन्दन गरेकोमा कृतज्ञता व्यक्त गरेका छन । "पीडा त हामीले व्यहेरेका छौँ, हामीलाई सम्झिदिए पुग्छ" प्रेस चौतारी नेपालका प्रदेश सदस्य समेत रहेका पत्रकार अन्जानले भने, "जघन्य हत्याका १९ वर्ष भएका छन, यी वर्ष हामीले आँसु पिएर बाँचेका छौँ, यति लामो समयपछि एमालेले सम्झ्याे याे सम्झनाले आँसु थाम्न गाह्राे भो ।"
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology