गजल : म अनि मेरो राजनीति शुद्ध कसरी
म अनि मेरो राजनीति शुद्ध कसरी भयो
नाताले पायो बाटो अबरुद्ध कसरी भयो
रिसाउछ भन्ने थाहा भएपछी नबोल्नु नि
दस हात माथि उफ्रिदै क्रुद्ध कसरी भयो
अचम्म छ झगडा र काटमार गर्ने मान्छे
रातारात फेरि आफैँ बुद्ध कसरी भयो
भाग नपुगेर अलग भएका हुन् डाँका
एउटै उदेश्य थियोे हैन युद्ध कसरी भयो
मेल मिलापमा देश चल्नु पर्छ हेर्नुस् अब
भन्दा भन्दै ठुलो माहाजुद्ध कसरी भयो
- विविधा भारती
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology