Logo

२०८३, आश्विन ९गते


images
images

रत्ननगर नगरपालिकामा प्रधानमन्त्री राेजगारबारे अभिमुखीकरण

रत्ननगर नगरपालिकामा प्रधानमन्त्री राेजगारबारे अभिमुखीकरण

images
  • रत्ननगर नगरपालिकामा प्रधानमन्त्री राेजगारबारे अभिमुखीकरण
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । चितवन रत्ननगर नगरपालिकामा आइतबार प्रधानमन्त्री राेजगार कार्यक्रमकाे बारेका अभिमुखीकरण कार्यक्रम गरिएकाे छ । नगरपालिकाकाे सभाहलमा आयाेजित कार्यक्रममा प्रधानमन्त्री राेजगार कार्यक्रमकाे उद्देश्य, लक्षित बर्ग र औचित्यताकाे विषयमा छलफल गरिएकाे मेयर प्रल्हाद सापकाेटाले जानकारी दिए ।

    images
    images
    images

    कार्यक्रममा राेजगार कार्यक्रमले निर्दिष्ट गरेकाे क्षेत्र र लक्षित बर्षकाे विषयमा पनि छलफल गरिएकाे थियाे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले प्रधानमन्त्री राेजगार कार्यक्रमकाे नीतिगत ब्यवस्था र उद्देश्य तथा राेजगार कार्यक्रम संयाेजक चन्द्रकला बस्यालले कार्यगत क्षेत्रका बारेमा सहजीकरण गरेका थिए ।

    images
    images
    images

    ५० लाख ८६ हजारमा बजेट रहेकाे र ८३ जना १०० दिन काममा संलग्न रहेकाे बस्यालले जानकारी दिइन् । मेयर सापकाेटाले प्रधानमन्त्री राेजगार कार्यक्रम मार्फत गरिबी न्युनीकरण गर्ने बताए । उपमेयर पाठकले प्रधानमन्त्री राेजगार कार्यक्रमकाे औचित्य पुष्टि हुने गरी उत्पादनसंग जाेड्नु पर्ने बताए । कार्यक्रममा वडाध्यक्ष,कार्यपालिका सदस्य,वडा सदस्य तथा कर्मचारीहरुकाे सहभागिता रहेकाे थियाे ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रत्ननगर नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।