Logo

२०८३, आश्विन ९गते


images
images

कक्षा ८ को परीक्षा सञ्चालनसम्बन्धी अभिमुखीकरण

कक्षा ८ को परीक्षा सञ्चालनसम्बन्धी अभिमुखीकरण

images
  • सेतोमसी सहकर्मी
  • कक्षा ८ को परीक्षा सञ्चालनसम्बन्धी अभिमुखीकरण
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश, चितवन । रत्ननगर नगरपालिका शिक्षा शाखाको आयोजनामा कक्षा ८ को परीक्षा सञ्चालनसम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ नगरप्रमुख एवं शिक्षा समितिका अध्यक्ष प्रल्हाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले चैत ७ गतेदेखि हुने कक्षा ८ को परीक्षा केन्द्रलाई व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गर्न सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक/प्राचार्यहरुलाई निर्देशन दिए ।

    images
    images
    images

    नगरपालिका कानुन उपलब्ध गराउने साझा थलो भएकाले विद्यालयहरु जुन ढोकाबाट सञ्चालन भए पनि एउटै नीति बनाएर पालना गर्न आग्रह गरे । ‘हामी तपाईंहरुका सुक्ष्म कुराहरुमा खेल्दैनौँ’, उनले भने, ‘शिक्षा जीवनकै पहिलो जग भएकाले शिक्षकहरु जिम्मेवार भएर काम गर्नुपर्छ ।’ नगरशिक्षा अधिकारी बद्रिनारायण शर्माले विभिन्न समिति र उपसमितिमा रहनुहुने शिक्षकले दिएको रायसुझावका आधारमा रत्ननगरको शिक्षा नीति बनाइने र आगामी शैक्षिक क्यालेन्डरलाई कुनै पनि बहानाम पन्छाउन नपाइने उल्लेख गर्दै शिक्षकको मर्यादालाई कायम राख्दै व्यवस्थित ढङ्गले विद्यालय सञ्चालन गर्न निर्देशन दिए ।

    images
    images
    images

    रत्ननगर नगरपालिकाले यही चैत ७ गतेदेखि कक्षा ८ को परीक्षा सञ्चालन गर्दैछ । यसवर्षदेखि होम सेन्टर नराखीकन परीक्षा सञ्चालन गर्न लागिएको नगरशिक्षा अधिकारी शर्माले जानकारी दिए ।

    images
    images
    images

    अभिमुखीकरण कार्यक्रममा १४ वटा परीक्षा केन्द्रका केन्द्राध्यक्षहरु, प्रधानाध्यापकहरु, उपप्रमुख यादवप्रसाद पाठक, विज्ञ सल्लाहकार रामहरि न्यौपाने, शिक्षा अधिकृत राजेन्द्र बराल, शिक्षा समिति सदस्य नेत्रप्रसाद घिमिरे, न्यायिक समिति सदस्य देवेन्द्र भुजेललगायतको सहभागिता रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।