Logo

२०८३, आश्विन ९गते


images
images

चाइना हस्पिटलद्धारा भरतपुरका स्वास्थ्य स्वमसेविकालाई अभिमुखीकरण

चाइना हस्पिटलद्धारा भरतपुरका स्वास्थ्य स्वमसेविकालाई अभिमुखीकरण

images
  • सेतोमसी सहकर्मी
  • चाइना हस्पिटलद्धारा भरतपुरका स्वास्थ्य स्वमसेविकालाई अभिमुखीकरण
    images
    images

    राजेश पराजुली, भरतपुर । चाइना हस्पिटल प्रालिद्धारा भरतपुर महानगरपालिकाका स्वास्थ्य स्वमसेविकाहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम गरेको छ ।  स्वमसेवीकालाई परम्पारागत चाइनिज उपचार पद्धतिको बारेमा अभिमुखीकरणका साथै स्वास्थ्य जाँच तथा उपचार पनि गरिएको छ ।

    images
    images
    images

    भरतपुर महानगरको सम्वन्यमा चाइना अस्पतालको १८ जनाको चिकित्सक ६० जना स्वास्थ्यकर्मीले चेकजाच गरेका थिए । स्वास्थ्यकर्मीहरुको टाउको, खुट्टा, ढाड दुखाईको चाइनिज पद्धतिबाट उपचार गरिएको थियो ।

    images
    images
    images

    यो उपचार पद्धतिमा आवश्यक पर्ने आयुर्वेदिक जरीबुटी नेपालमा पनि पाइने भएकाले सहज तरिकाबाट उपचार गर्न सकिने कार्यक्रम संयोजक सजना रिमालले जानकारी दिए ।
    पहिलो चरणमा ६० जनाको स्वास्थ्य परिक्षण गरिएको भएपनि क्रमसँगै २०७ जनालाई समेट्न लागेको जनस्वास्थ्य अधिकृत केशव भट्टले जानकारी दिए । विषश गरी शरिरमा हुने हरेक किसिमको दुखाईलाई यो पद्धति उपचार गर्न सकिन्छ ।

    images
    images
    images

    हस्पिटलबाट आएको टोलीले भरतपुर महानगर प्रमुख रेनु दाहालसँग भेट गरेपछि आकस्मिक रुपमा शिविर आयोजना गरेको संयोजक रिमालले जानकारी दिए । भरतपुर महागरपालिकाले आयोजना गरेको भरतपुर भ्रमण वर्ष २०२४ लाई स्वास्थ्य पर्यटनसँग जोड पनि यो कार्यक्रम गरिएको उनले बताए ।  आगामी दिनमा पनि भ्रमण वर्षसँग जोडेर यस्ता स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने उनले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।