Logo

२०८३, आश्विन ९गते


images
images

रुपन्देहीको देवदह–२ मा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा सम्बन्धी दुई दिने अभिमुखीकरण

रुपन्देहीको देवदह–२ मा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा सम्बन्धी दुई दिने अभिमुखीकरण

images
  • रुपन्देहीको देवदह–२ मा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा सम्बन्धी दुई दिने अभिमुखीकरण
    images
    images

    देवदह । रुपन्देहीको देवदह–२ मा किशोरकिशोरी मैत्री स्वास्थ्य सेवा सम्बन्धी दुई दिने अभिमुखीकरण, अन्तक्र्रिया एवम् प्रथम अर्धवार्षिक समीक्षा कार्यक्रम सुरु भएको छ । देवदह वडा नं २ को आयोजना तथा केरवानी स्वास्थ्य चौकीको सह आयोजनामा सुरु भएको अभीमुखीकरण कार्यक्रममा २० जना किशोर किशोरीहरुको सहभागिता रहेको छ । 

    images
    images
    images

    कार्यक्रम उद्घाटनको अवसरमा बोल्दै वडा नं २ का अध्यक्ष दल बहादुर राकसकोटीले स्वास्थ्य सम्बन्धी तालिमले किशोर किशोरीहरुको सोँचमा परिवर्तन आउने बताए । उनले स्वास्थ्य सम्बन्धि कार्यक्रममा किशोर किशोरीहरुको उपस्थिति बढाउन वडाले विभिन्न कार्यक्रमहरु गर्ने उल्लेख गरे । 

    images
    images
    images

    कार्यक्रम मार्फत किशोर किशोरीमा आउने परिवर्तन, भविष्यको योजना, कुलत र दुव्र्यसनीबाट जोगिने उपाए लगाएत विषयमा जानकारी गराइने केरवानी स्वास्थ्य शाखा प्रमुख काशीराम रेग्मीले जानकारी दिए । रेग्मीका अनुसार किशोर किशोरीहरुले मनमा लागेका कुरा खुलस्त रुपमा व्यक्त गर्न सक्ने वातावरण अभिमुखीकरण तालिमले प्रदान गर्नेछ । 

    images
    images
    images


    सोही अवसरमा देवदह नगरपालिका स्वास्थ्या शाखाका सिनियर अहेव माया पुनले २० वर्ष नपुग्दै विवाह गर्दा किशोरीहरुमा आउन सक्ने प्रजनन समस्या तथा यौन रोग सम्बन्धमा अभिमुखकरणमा जानकारी प्रदान गरिने बताइन् । 


    कार्यक्रममा वडा सचिव फणेन्द्र प्रसाद बगाले, शिवपुर आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख डिलेश्वर श्रेष्ठ, सहरी स्वास्थ्य केन्द्र भवानीपुरका प्रमुख मेघनाथ न्यौपाने लगाएत जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।