Logo

२०८३, श्रावण ३०गते


images
images

एयर एम्बुलेन्समार्फत् दिल्ली लगियो राष्ट्रपति पौडेललाई

एयर एम्बुलेन्समार्फत् दिल्ली लगियो राष्ट्रपति पौडेललाई

images
  • एयर एम्बुलेन्समार्फत् दिल्ली लगियो राष्ट्रपति पौडेललाई
    images
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि एयर एम्बुलेन्समार्फत् भारतको नयाँदिल्ली लगिएको छ ।

    images
    images
    images

    मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार नदेखिएपछि आज बिहान श्री एयरलाइन्सको एयर एम्बुलेन्स मार्फत् नयाँदिल्ली लगिएको हो । उनको उपचार नयाँदिल्लीको एम्स अस्पतालमा हुनेछ ।

    images
    images
    images

    राष्ट्रपति पौडेलसँगै त्रिवि शिक्षण अस्पतालका दुई जना चिकित्सक र एक जना नर्स पनि भारत गएका छन् ।

    images
    images
    images

    यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । त्यसको फलोअपका लागि उनी सोमबार पुनः अस्पताल पुगेका थिए । त्यहाँ उनको पेटको तल्लो भागबाट पानी निकालेर परीक्षणका लागि पठाइएको थियो । इन्फेक्सन नघटेको पाइएपछि उनलाई भारत लगेर उपचार गराउन चिकित्सकहरुले सुझाव दिएका थिए ।

    उनको उपचारमा डा. रोशन शर्मा, दिनेश राई लगायतको टोली सहभागी थियो । त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले नर्भिक अस्पतालका चिकित्सकहरुसँग पनि राष्ट्रपति पौडेलको स्वास्थ्यबारे परामर्श गरेका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।