Logo

२०८३, आश्विन १७गते


images
images

राष्ट्रपति पौडेलको स्वास्थ्यमा आएको समस्या के हो ?

राष्ट्रपति पौडेलको स्वास्थ्यमा आएको समस्या के हो ?

images
  • राष्ट्रपति पौडेलको स्वास्थ्यमा आएको समस्या के हो ?
    images
    images

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ । छातीमा पानी जमेका कारण थप परीक्षण र उपचारका लागि बुधबार बिहान श्री एयरलाइन्सको विमानमार्फत राष्ट्रपति पौडेललाई भारतको नयाँदिल्ली लगिएको हो ।

    images
    images
    images

    ‘छातीमा इन्फेक्सन भएको छ, पानी निकालेर जाँच गर्नुपर्छ । यहाँ पनि परीक्षण गरेका छौँ । रगतको जाँच भएको छ,’ त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले भने ।

    images
    images
    images

    उनका अनुसार राष्ट्रपति पौडेललाई श्वासप्रश्वासमा पनि समस्या छ । ‘चिकित्सकको परामर्शमा नै उहाँ भारत जानुभएको हो,’ निर्देशक काफ्लेले भने । राष्ट्रपति पौडेलको नयाँदिल्लीस्थित एम्स अस्पतालमा उपचार हुने उनका निजी चिकित्सक डा. निरज बमले जानकारी दिए । स्वास्थ्यमा पुनः समस्या देखिएपछि राष्ट्रपति पौडेल मंगलबार साँझ महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना भएका थिए । 

    images
    images
    images

    राष्ट्रपति पौडेल सोमबार नियमित फलोअपका लागि शिक्षण अस्पताल पुगेका थिए । चिकित्सकले पेटको तल्लो भागमा जमेको पानी परीक्षणका लागि निकालेका थिए । अस्पताल भर्ना भएपछि मंगलबार छातीको एमआरआई र सीटी स्क्यान पनि गरिएको थियो । ती सबैमा संक्रमणबाहेक थप समस्या भने नदेखिएको राष्ट्रपति पौडेलका निजी चिकित्सक डा. बमले बताए । 

    यसअघि राष्ट्रपति पौडेलको ग्यास्ट्रिकको समस्या बल्झिएपछि गत १८ चैत राति  त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा सुधार आएसँगै राष्ट्रपति पौडेल चैत २१ राति अस्पतालबाट डिस्चार्ज भएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रपति पौडेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।