अनिष पन्थी, गुल्मी । पछिल्लो समय गुल्मीमा लोकप्रिय बन्दै गएको फेसवुक पेज 'रुटिन अफ गुल्मी बन्द' ले युवाहरुले विभिन्न ठाउँमा खिच्ने फोटोहरुलाइ राम्रो स्थानदिने उदेश्य सहित फोटोग्राफी प्रतियोगिता आयोजना गर्ने भएको छ।
विभिन्न समाजिक कार्यमा सक्रिय र पछिल्लो समय भरपर्दो सूचना प्रदायकको रुपमा उदाउँदै गरेको छ 'रुटिन अफ गुल्मी बन्द' सुरुमा सामान्य गुल्मी भित्रका फोटाहरु पोस्ट मात्रै गर्ने गरेको तर पछिल्लो समय विभिन्न समाजिक अभियानहरुको पनि नेतृत्व गरिरहेको सो पेजका एडमिनले जानकारी दिए ।
आफुहरु पर्दा अगाडि नआउने तर धेरै समाजिक समस्या, बिसङ्गतीहरुलाइ मिडिया मार्फत बाहिर ल्याउने पेजको उदेश्य रहेको जानकारी दिएका छन ।
फोटोग्राफी प्रतियोगिता असार ३ देखी १३ गतेसम्म संचालन हुने छ । प्रतियोगितामा गुल्मी जिल्लाका विभिन्न ठाउँहरु प्रतिबिम्बित गर्ने जुनसुकै तस्वीरहरु, सन्देशमुलुक तस्वीरहरु वा बाल्यकाल, परिश्रमी वर्ग, हाम्रो मौलिक सस्कृती झल्काउने तस्वीरहरु लाई सहभागी गराइने छ।
सो प्रतियोगिताको नतिजा असार १५ अर्थात राष्ट्रिय धान दिवसको अवसर परेर सार्वजनिक गरिने बताइएको छ।
बिजेतालाई रु.१५०० र रेसुङ्गा बेकरीको तर्फ बाट उपहार कुपन साथै उप-बिजेतालाई मझेरी एग्रो रिसोर्टको तर्फबाट खाजा कुपन प्रदान गरिने आयोजकले जनाएको छ।
फोटोले दिने सन्देश र फोटोमा आउने लाईक, सेयरका आधारमा बिजेता घोषण गरिने छ । साथै प्रतियोगिहरुले फोटो सोही पेजमा म्यासेज मार्फत पठाउने बताइएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology