Logo

२०८३, आश्विन ९गते


images
images

कला देखाउने अवसर `देवदह ट्यालेन्ट हन्ट’ 

कला देखाउने अवसर `देवदह ट्यालेन्ट हन्ट’ 

images
  • कला देखाउने अवसर `देवदह ट्यालेन्ट हन्ट’ 
    images
    images

    रूपन्देही । रूपन्देहीको देवदहमा ‘देवदह ट्यालेन्ट हन्ट’ प्रतियोगिताको  अडिसन सम्पन्न  भएको छ । केबी डान्स स्टुडियोको आयोजनामा शनिबार शितलनगरमा प्रतियोगिताको पहिलो राउड अडिसन सम्पन्न भएको हो ।

    images
    images
    images

    अडिसनमा करिव ३८ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ। पहिलो राउनडमा छनौट भएकाले क्रमश मेगा अडिसनमा सहभागी हुन  पाउनेछन् प्रत्यक  राउनडमा छनोट हुँदै डान्स वर्कसप, मोडलिङ वर्कसप, फिल्मी वर्कसप, ट्यालेन्ट राउनड हुँदै फाइनलमा पुग्ने  प्रतियोगिताका देवदहका संयोजक प्रकाश भण्डारीले जानकारी  दिए।  

    images
    images
    images

     केबी डान्स स्टुडियोका सञ्चालक तथा कार्यक्रम संयोजक बिक्रम परियारले देवदहका धेरै प्रतिभालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना हुन लागेको बताए ।   परियारले यस अघि पनि  देवदहमा ‘देवदह ट्यालेन्ट हन्ट’ सिजन एक भव्यताका  साथ सम्पन्न  गरेको बताए। उनले  भने  “हामीले देवदह मात्र हैन बुटवल, तिलोत्तमा, कपिलवस्तु,  गुल्मी, लगायत देशका अन्य धेरै ठाउँहरूमा कार्यक्रम  सम्पन्न गरेको  छौ” यहा देवदहमा पनि  सिजन  २ भव्य रुपमा  सम्पन्न  हुनेमा हामी ढुक्क  छौ ।   परियार ‘देवदह ट्यालेन्ट हन्ट’ मा सहभागी हुन कुनै शुल्क नलाग्ने समेत बताए ।  

    images
    images
    images

    गायन, नृत्य, अभिनय,मोडलिङ विधाका प्रतिभाले प्रतिस्पर्धा गर्नसक्ने यो सोमा विजयी हुनेले ५० हजार  उपविजेताले २५ हजार तृतीयले २५ हजार र सान्त्वनाले १० हजार नगद प्राप्त गर्ने कार्यक्रम व्यवस्थापक तथा निर्देशक युडीन खड्गी बताए।

    कार्यक्रममा उत्कृष्ट  प्रतियोगीले नगद पुरस्कार सँगै गिफ्ट ह्याम्पर, म्युजिक भिडियो सुट, फोटो सुट, डान्स वर्कसप, मोटिभेसनल क्यास, ट्राफिक नियम कक्षा,  व्यक्तिको बिकाश तालिम,  आत्मरक्षक तालिम,  मेडिकल टेस्ट, उद्घोषक तालिम, लगु चलचित्रमा खेल्ने अवसर पाउने आयोजकले जनाएको छ।  

    कार्यक्रमको निर्णायकमा कुसुम भण्डारी, युना राना पर्मिला पर्यार आकाश भण्डारी। अडिसनमा भाग लिन चाहनेले आयोजकसँग सम्पर्क गरि बैशाख १३  गते दोस्रो अडिसन  राउण्डमा निशुल्क  सहभागी हुन सक्ने कलाकार तथा  मोडल  अन्जु रसाइलीले जानकारी दिइन्।

    सम्बन्धित विधामा विजेताले विशेष अवसर पाउन सक्ने आयोजकको दाबी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह ट्यालेन्ट हन्ट
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।