Logo

२०८३, आश्विन ९गते


images
images

देवदहमा 'देवदह ट्यालेन्ट हन्ट' हुने

देवदहमा 'देवदह ट्यालेन्ट हन्ट' हुने

images
  • देवदहमा 'देवदह ट्यालेन्ट हन्ट' हुने
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा 'देवदह ट्यालेन्ट हन्ट' हुने भएको छ । केबि डान्स स्टुडियोको आयोजना र एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिसको मुख्य प्रायोजन उक्त प्रतियोगिता हुन लागेको हो।

    शनिबार देवदहस्थित ओम दर्शन पार्टी प्यालेसमा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले कार्यक्रमको बिषयमा जानकारी गराइएको हो।

    ट्यालेन्ट हन्ट अन्तर्गत नृत्य प्रतियोगिता तर्फ ४७ जना छनोट भएको र विभिन्न चरण पार गर्दै १० जना प्रतियोगी फाइनलमा प्रवेश गर्ने र असार १५ गते फाइनलम प्रवेश गरेका मध्य बाट विजेताको टुङ्गो लगाइने बताइएको छ।

    त्यस्तै मोडलिङ्ग तर्फ हाल सम्म १० जना प्रतियोगीले सहभागिता जनाएको र प्रतियोगीको संख्या केही बढ्न सक्ने आयोजक सृष्टि शाक्यले बताइन् ।

    प्रतियोगितामा नृत्य तर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ३०,२०,२० र ५ हजार पाउनुका साथै एक्स्पर्ट एजुकेसनको तर्फबाट छात्रवृत्ति प्राप्त  गर्नेछन् ।

    त्यस्तै मोडलिङ्ग तर्फका विजेताले नगद २० हजार पुरस्कार पाउनुका साथै विभिन्न टेलिसिरियलमा अभिनय गर्न अवसर आयोजक संस्थाका डाइरेक्टर बिक्रम परियार (बिक्की)ले जानकारी दिए ।

    पत्रकार सम्मेलनमा एक्सपर्ट एजुकेसनका डाइरेक्टर रोशन कडेल, केबि डान्स स्टुडियोका डाइरेक्टर बिक्रम परियार, अफिसियल फेसन कोरियोग्राफर युदिन खड्की, सृष्टि शाक्यको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन सुमन श्रेष्ठले गरेका थिए ।

    कार्यक्रमको फाइनल यहि असार १५ गते हुने छ। ग्राण्ड फिनालेमा चर्चित हास्य कलाकार सुरबिर पण्डित (दारी बा) र गायक देबेन्द्र बब्लुको विशेष प्रस्तुति रहने बताइएको छ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।