Logo

२०८३, श्रावण ३०गते


images
images

रक्षा र परराष्ट्र आफैले हेर्नेगरी ओलीले बाँडे मन्त्रालय, गृह र अर्थको जिम्मा पौडेललाई

रक्षा र परराष्ट्र आफैले हेर्नेगरी ओलीले बाँडे मन्त्रालय, गृह र अर्थको जिम्मा पौडेललाई

images
  • रक्षा र परराष्ट्र आफैले हेर्नेगरी ओलीले बाँडे मन्त्रालय, गृह र अर्थको जिम्मा पौडेललाई
    images
    images

    १० असार काठमाडौ । प्रधानमन्त्री केपि शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूको जिम्मेवारीमा हेरफेर गरेकी छन् ।

    images
    images
    images

    राष्ट्रपतिको कार्यालयका प्रबक्ता रुपनारायण भट्टराईद्वारा जारी विज्ञप्ति अनुसार रक्षा र परराष्ट्र मन्त्रालय प्रधानमन्त्री ओली आफैले राखेका छन् भने अर्थसँगै गृह, उद्योग र ऊर्जा मन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री विष्णु पौडेलले सम्हाल्ने भएकाछन । अन्य ३ जना मन्त्रीलाई ५-५ ओटा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    images
    images
    images

    मन्त्री कृष्णगोपाल श्रेष्ठलाई वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ।
    यस्तै मन्त्री वसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

    images
    images
    images

    यसैगरी मन्त्री लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

    दोस्रोपटक प्रतिनिधि सभा विघटनपछि थपिएका मन्त्रीहरूलाई काम गर्न सर्वोच्चले रोक लगाएको थियो । दुइजना उपप्रधानमन्त्री, पन्ध्रजना मन्त्री र तिनजना राज्यमन्त्री लाई सर्बोच्चले काम नगर्न, नगराउन भनि अन्तरिम आदेश दिए सङ्गै प्रधानमन्त्री ओलीले दैनिक कामकाज चलाउनका लागि मन्त्रालयहरू बाँडफाँड गरि रास्ट्रपति समक्ष सिफारिस गरेका थिए ।

    विज्ञप्तिमा जनाए अनुसार अर्को ब्यबस्था नभए सम्म जम्मा ५ जनाको मन्त्री परिषद रहनेछ ।Screenshot_20210624-220353_Hamro Patro.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।