प्रिन्स मिश्रा, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं १० मा रहेका छात्राहरुलाई साइकल वितरण गरिएको छ । वडाका २० जना छात्रा हरुलाई साइकल वितरण गरिएको हो ।
छात्राहरुलाई शिक्षाप्रति पहुँच पुर्याउन र बिद्यालय आवत जावतमा सहजता पुर्याउन शिवराज नगरपालिका वडा नं १० मा छात्राहरुलाई साइकल वितरण गरिएको वडा अध्यक्ष मन्जु मिश्राले जानकारी दिइन्।
पैदल हिडेर एक गाउँबाट अर्को गाउँमा पढ्न जदाँ धेरै समय लाग्ने गर्थ्यो । बर्षायाममा पनि विद्यालय जानू पर्थ्यो । अब साइकल पाएपछि समयको बचत हुने र समय मै विद्यालय पुगिन्छ भने साइकल पाएकी एक विद्यार्थीले खुशी ब्यक्त गरिन् ।
साइकल वितरण गर्दै वडा अध्यक्ष मन्जु मिश्रले हरेक वर्ष छात्रा हरुलाई शिक्षा प्रति पहुँच पुर्याउन बिद्यालय आवत जावतमा सहजता पुर्याउन बजेट छुट्याउने समेत प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो l
त्यस्तै वडा नं १० ले रेडक्रसकाे पहल र युनिसेफको सहयोगमा २ जना अनाथ बाल बालिकाहरू लाई ५-५ हजार समेत आर्थिक सहयाेग गरेका अध्यक्ष मिश्राले बताएकि छन् l
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology