Logo

२०८३, श्रावण ३०गते


images
images

देवदहमा तीन महिने ग्राफिक्स डिजाइन तथा डिजिटल मार्केटिङ तालीम सप्पन्न

देवदहमा तीन महिने ग्राफिक्स डिजाइन तथा डिजिटल मार्केटिङ तालीम सप्पन्न

images
  • देवदहमा तीन महिने ग्राफिक्स डिजाइन तथा डिजिटल मार्केटिङ तालीम सप्पन्न
    images
    images

    निश्चल अर्याल, देवदह । देवदह नगरपालिका वडा नं ५ द्वारा आयोजित तीन महिने ग्राफिक्स डिजाइन तथा डिजिटल मार्केटिङ तालिम सम्पन्न भएको छ । मंसिर १८ गते सुरू भएको तालीमको आइतबार एक कार्यक्रमबीच समापन गरिएको हो ।   

    images
    images
    images

    २५ जना प्रशिक्षार्थी सहभागी उक्त तालीमको समापन कार्यक्रममा बोल्दै देवदह नगरपालिका प्रमुख धुर्ब प्रसाद खारेलले सीप सिकेर कहिल्यै नसकिने हुँदा आगामी दिनमा पनि सिक्न र सिकाईप्रति लगाब राखिराख्न प्रशिक्षार्थीलाई अनुरोध गरे ।  आगामी दिनमा पनि नगरपालिकाले सिकाई सम्बन्धी कार्यक्रम संचालन गर्ने  प्रतिबद्धता जनाउंदै प्रमुख खरेलले बजारले खोजेको जस्तो दक्ष बन्न र थप सहयोग आवश्यक परे वडा कार्यालय वा नगरपालिकामा सम्पर्क गर्न आग्रह गरे । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै नगर प्रवक्ता समेत रहेका वडा अध्यक्ष गणेश डुम्रेले सीप सिक्नुमात्र ठूलो कुरा नभएको भन्दै सीपलाई व्यवहारमा लागू गरेर स्वरोजगारमा लाग्नु महत्वपूर्ण हुने बताए । बजारमा दक्ष डिजाइनर अभाव भएको भन्दै प्रवक्ता डुम्रेले प्रशिक्षण लिएका प्रशिक्षार्थीले उक्त अभाव पूरा गर्ने विश्वास व्यक्त गरे । आगामी दिनहरुमा पनि यस्तै तालिम वार्डमा सन्चालन गर्ने उनको भनाई छ । 

    images
    images
    images

    उक्त तालिममा देवदह स्थित क्यथाफोर्ड कम्प्युटर जोनले सहजीकरण  गरेको थियो भने रोशन चापागाईं र दिपेश बिक्रम मल्लले प्रशिक्षण दिएका थिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।