प्रिन्स मिश्रा, कपिलवस्तु - केही दिन अघि लुकाई राखेकाे अवस्थामा प्रहरीले अवैध जंगली काठ बरामद गरेकाे थियो ।
कपिलवस्तु जिल्लाकाे विजयनगर गाउँपालिका ७ गेडुवाजोत बगैचामा लुकाएर राखेएको अवस्थामा दुई लाख उनन्तीस हजार बराबरकाे ६५.४४ कयुफिट काठ प्रहरी चैाकी ठकुरपुरबाट खटेकाे टाेलीले केहि दिन अघि बरामद गरेकाे थियाे । नेपाल-भारत सीमा क्षेत्रमाकाे जंगलबाट दिनहुँ अवैध कालो शिसम, टिकका काठ तस्करी हुँदै आएकाे छ ।
नेपाल -भारत सीमा दर्जनौ काठ मिल र फर्निचर उद्योगहरु रहेकोले अवैध काठ जंगलबाट कटान गरि तस्करहरुले दिनहु भित्रियाउने गरेकाे स्राेतले जनाएकाे छ ।यसरी तस्करी मौलाईरहँदा पनि सम्बन्धीत निकाय मौन रहेको स्थानीयको आरोप छ ।
तस्करहरुले भारतीय जंगलबाट नदीकाे किनारा ल नेपालका सिमा नजिकका गाउंमा राति काठ गोलीयहरू चाेरी निकासी गरेर लुकाउँछन र बिहानै काठ उद्याेगहरुसम्म पुर्याउछन ।
जिल्लाकाे पश्चिम सिमानाकाे लालपुर, गेडुवाजाेत, ठकुरापुर,परशरामपुर घाट लगायतकाे क्षेत्र हुदै काष्ठ तस्करी भईरहेको स्रोतले जनाएको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology