राजेश पराजुली, गण्डकी प्रदेश । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको नामकरणको आन्दोलनमा सत्तारुढ दल सहभागी नभएको बताएका छन् ।
चितवनमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली लक्षित आक्रामणमा सत्तारुढ दलको संलग्नता नरहेको पनि जनाएका छन् ।
‘केपी ओलीजी पुर्व जाँदा केही आक्रामणको प्रयास भएको बुझियो, त्यसलाई सरकारले गम्भिरतापुर्वक लिएको छ, त्यसमा कोशी प्रदेश नामाकरणसँग असहमति राख्नेहरु छन तर सत्तारूढ दलको संस्थागत विरोध भन्ने कुरा चाँही विल्कुलै होइन। त्यो झुठो कुरा हो,’ प्रचण्डले भने । तर, एमाले अध्यक्ष ओलीले प्रदर्शनमा पूर्वराजपरिवारमामा आस्था राख्ने मानिसहरु रहेको भने । त्यो चाँही निकै संवेदनशील बिषय हो, प्रधानमन्त्री प्रचण्डले भने ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology