Logo

२०८३, श्रावण ३०गते


images
images

सरकार ढल्छ भन्नू भ्रम,राष्ट्रिय स्वतन्त्र पार्टीमा उत्साह देखिनु अस्थायी प्रवृत्ति : प्रधानमन्त्री प्रचण्ड

सरकार ढल्छ भन्नू भ्रम,राष्ट्रिय स्वतन्त्र पार्टीमा उत्साह देखिनु अस्थायी प्रवृत्ति : प्रधानमन्त्री प्रचण्ड

images
  • सरकार ढल्छ भन्नू भ्रम,राष्ट्रिय स्वतन्त्र पार्टीमा उत्साह देखिनु अस्थायी प्रवृत्ति : प्रधानमन्त्री प्रचण्ड
    images
    images

    राजेश पराजुली, गण्डकी प्रदेश । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार ढल्छ भन्नू भ्रम भएको बताएका छन् । प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै उनले अहिले सरकार विघटन नहुने स्पष्ट पारे । उनले रास्वपाले सरकार माथिको समर्थन फिर्ता नलिने बताउदै उनीहरूलाई सरकारमा ल्याउने तयारी भई रहेको बताए ।

    images
    images
    images

    रास्वपाले पुरानै मन्त्रालय पाउने सम्बन्धमा माग गरे पनि सरकारमा ल्याउने क्रममा छलफलवाट सहमतिमा पुग्न सकिने उनले बताए । सरकार पटक पटक पुनर्गठन हुनुमा आफ्नो पार्टीकै एक्लो बहुमत नहुँदा हुनु परेको बताउदै उनले महावीर पुनले उठाएका माग सरकारले सम्बोधन गर्ने बताए ।

    images
    images
    images

    उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीमा उत्साह देखिनु अस्थायी प्रवृत्ति भएको पनि उनले बताए। रास्वपाले केहि सिट जित्दैमा मुलधारका पार्टी नसकिने बताए ।

    images
    images
    images

    मुलाधारका पार्टीप्रति जनताको वितृष्णा रहेको कुरा आफुलाई नलागेको उनले बताए । रास्वपाको चुनाव चिह्नप्रति इंकित गर्दै उनले भने, ‘बारामा त्यहि चुनाव चिह्नलाई जनताले जमानत जफत गर्छन् । अर्काे ठाउँमा फेरि उत्पात गर्छन् । त्यसकारण मैले यसलाई अस्थायी भन्छु । यो स्थायी प्रवृत्ति होइन ।’

    मुलाधारका पार्टीप्रति जनताले बेला–बेलामा वितृष्णा देखाएपनि अन्तत तिनै पार्टी हावी हुने गरेको उनले बताए । पञ्चायत विरोधी देखि जनआन्दोलन गरेका दलहरु नै विश्वसनिय भएको दाबी गर्दै उनले रास्वपा प्रति देखिएको जनताको आकर्षण अस्थायी  भएको टिप्पणी गरे ।       प्रेस सेन्टर

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।