Logo

२०८३, श्रावण ३०गते


images
images

लुम्बिनीको सम्भावनालाई उपयोग गर्नुपर्छ : प्रधानमन्त्री

लुम्बिनीको सम्भावनालाई उपयोग गर्नुपर्छ : प्रधानमन्त्री

images
  • लुम्बिनीको  सम्भावनालाई  उपयोग गर्नुपर्छ : प्रधानमन्त्री
    images
    images

    बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्ध जन्मस्थल लुम्बिनीको सम्भावना धेरै रहेकोले त्यसलाई थप उपयोग  गर्नुपर्ने बताएका । 

    images
    images
    images

    २५६७औँ बुद्ध जयन्ती मूल समारोहलाई  आज लुम्बिनीमा सम्बोधन गर्दै प्रधानमन्त्रीले  लुम्बिनीको सम्भावना असीमित रहेको बताए । उनले लुम्बिनीमा रहेका सम्भावनाहरूलाई थप उपयोग गर्दै अगाडि  जाने बताएका हुन् । 

    images
    images
    images

    उनले सरकार बृहत्तर लुम्बिनी गुरुयोजना थालनी गर्न तत्पर रहेकोले लुम्बिनीसँगै कपिलवस्तु, देव दह, रामग्रामलाई समेटेर बृहत्तर लुम्बिनीको रूपमा विकास गरिने बताए ।

    images
    images
    images

    उनले क्रान्ति र शान्ति एक अर्काका पूरक भएको  रहेको भन्दै उक्त विषयलाई  बुझ्ने र ग्रहण गर्नेमा एकरूपता हुन नसकेको बताए ।

    उनले नेपालको भूमिमा जन्मिएका शान्तिका अग्रदूत बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको सङ्कल्पसहित गृह त्याग गरी कठोर भन्दै परिश्रमबाट बोधी ज्ञान प्राप्त गरेकोले आज पनि उत्तिकै महत्त्वपूर्ण मानिने  गरिएको बताए । 

    समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, चिनियाँ राजदूत च्याङ सोङ, यूएनडीपीका नेपाल प्रतिनिधि एशियनी लादे, लुम्बिनीले  विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेय, सदस्य सचिव सानुराज शाक्यले लुम्बिनीको महत्त्व आ आफ्नो धारण राखेका  थिए । प्रधानमन्त्री सम्बोधन गर्नु आगाडि आज बिहान लुम्बिनीमा शान्ति र्याल निकालिएको थियो । बुद्ध जयन्ती अवसर आज भोलि  विभिन्न  कार्यक्रम गर्दै लुम्बिनीमा मनाइँदै छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।