कृष्ण अन्जान, गुल्मी । राष्ट्रिय युवा संघ नेपाल गुल्मीले बुधबारदेखि अनिश्चितकालको लागि गुल्मी बन्दकाे आह्वान गरेपछि लामाे र छाेटाे दुरीमा गाडिहरु चलेका छैनन ।
बैशाख २५ गते राष्ट्रिय युवा संघ नेपाल गुल्मी सचिवालय सदस्य तथा छत्रकोट गाउँपालिका अध्यक्ष समेत रहेका ३२ वर्षिय जीवन बाबु पन्तको गुल्मीदेखी बुटवल जादै गर्दा बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ ख २६१४ नम्बरको टिपरले ठक्कर दिँदा मृत्यु भएको थियो । दोषिलाई कार्वाहीको मागसहित मंगलबार साँझ प्रेस विज्ञप्ति जारि गर्दै युवा संघले गुल्मी बन्दको आह्वान गरेको थियो।
पछिल्लो घटनाक्रमका बारेमा जानकारी दिँदै युवा सँघ गुल्मीका सचिव विमल ज्ञवालीले पाल्पा प्रहरीकाे राेहवरमा राति अबेरसम्म वार्ता भएपनि कुनै निष्कर्ष निस्कन नसकेपछि वार्ता असफल भएकाेले आन्दोलनका कार्यक्रम जारी रहेकाे बताए।
घटनाको दोषिलाई कार्वाहीको माग गर्दा पाल्पा जिल्ला प्रहरीका एस.पि हेराम्ब शर्माले पडितहरुलाई धम्कीपुर्ण भाषा प्रयोग गरेको र टिप्पर चालकलाई ढाकछोप गरिएको युवा संघको आरोप छ।
बन्द अवधिमा अत्यावश्यक साधन बाहेक सम्पुर्ण सवारी साधनहरु बन्द हुने युवा संघले जनाएको छ ।
जिल्लाभित्र सबैखाले यातायात बन्द रहेको राष्ट्रिय युवा संघ नेपाल गुल्मीका अध्यक्ष सुरेश भण्डारीले जानकारी दिएका छन् । कसैले सुचनाको बेवास्ता गरि सवारी साधन चलाएमा क्षतिको जिम्मा स्वयम् आफैले लिनुपर्ने उनको भनाई छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology