कृष्ण अन्जान,गुल्मी । राष्ट्रिय युवा संघ नेपाल गुल्मीले गरेकाे गुल्मी बन्द हाललाई स्थगित भए सँगै गाडि सुचारू भएका छन ।
युवा सँघ गुल्मीका अध्यक्ष शुरेस भण्डारीले एक विज्ञप्ति जारि गर्दै समस्या समाधानकाे पहल भैरहेकाे र सर्वसाधारणकाे असुविधा लाई ध्यानमा राखि अनिश्चित कालिन बन्द स्थगित गरिएकाे उल्लेख छ ।
बैशाख २५ गते राष्ट्रिय युवा संघ नेपाल गुल्मी सचिवालय सदस्य तथा छत्रकोट गाउँपालिका अध्यक्ष समेत रहेका ३२ वर्षिय जीवन बाबु पन्तको गुल्मी देखी बुटवल जादै गर्दा बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ ख २६१४ नम्बरको टिपरले ठक्कर दिँदा मृत्यु भएको थियो ।
पछिल्लो घटनाक्रमका बारेमा जानकारी दिँदै राष्ट्रिय युवा सँघ गुल्मीका सचिव विमल ज्ञवालीले पिडितले पाउने न्यायकाे सन्दर्भमा प्रशासनले पहल जारी राखेको र हाललाई याे बन्द स्थगित गर्न आग्रह गरेपछि बन्द खाेलिएकाे बताए ।
यतिबेला मृतक जीवन बाबू पन्थकाे शव लुम्बिनी अन्चल अस्पतालमा रहेको र पाेष्टमार्टम भएकाे छैन ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology