Logo

२०८३, श्रावण ३०गते


images
images

प्रहरी अनुसन्धानमा डिस्टर्ब गर्नुहुन्न भन्ने हाम्रो सहमति छ : प्रधानमन्त्री प्रचण्ड

प्रहरी अनुसन्धानमा डिस्टर्ब गर्नुहुन्न भन्ने हाम्रो सहमति छ : प्रधानमन्त्री प्रचण्ड

images
  • प्रहरी अनुसन्धानमा डिस्टर्ब गर्नुहुन्न भन्ने हाम्रो सहमति छ : प्रधानमन्त्री प्रचण्ड
    images
    images

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भुटानी शरणार्थी प्रकरणमा थालेको प्रहरीको अनुसन्धानमा डिस्टर्ब गर्न नहुने तीन दलमा सहमती भएको बताएका छन् ।

    images
    images
    images

    सिंहदरबारमा बुधबार भएको तीन दलको बैठकपछि पत्रकारहरुसँग प्रतिक्रिया दिँदै उनले भने, ‘हामीले स्पष्ट भाषामा भनेका छौं । दोषी नछुटून् र निर्दोष नपरून्। प्रहरीले आफ्नो काम गरिरहेको छ । जे भइरहेको छ नियम र विधि पद्धतिअनुसार काम भइरहेको छ । प्रहरीको अनुसन्धानमा कुनै डिस्टर्ब गर्नुहुन्न भन्नेमा हाम्रो सहमति भएको छ ।’

    images
    images
    images

    उनले मिडियामा प्रचार भएजसरी हामी तीन दलका शीर्ष नेताहरुको भेट नभएको उनको भनाइ छ। उनले सदन कसरी अगाडी बढाउने समितिहरु कसरी बनाउने विषयमा छलफल मात्रै भएको बताए । उनले भने, ‘ मिडियामा प्रचार भएजसरी तीन जनाको भेट भएको होइन । सदन कसरी अगाडि बढाउने, समितिहरू कसरी बनाउने भन्नेबारे छलफल भएको हो । आशंका गर्नुपर्ने कारण छैन ।’

    images
    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।